पाकिस्तानका खान तथा सरिफले स्पष्ट बहुमत नआए पनि चुनाव जितेको दाबी

इनेप्लिज २०८० माघ २७ गते १९:३६ मा प्रकाशित

पाकिस्तानका पूर्व द्वय प्रधान मन्त्रि इमरान खान तथा नवाज शरीफले स्पष्ट बहुमत नआए पनि चुनाव जितेको दाबी गरेका छन् ।

बिहीबारको निर्वाचनको अन्तिम नतिजा अझै सार्वजनिक नभएपछि ढिलाइलाई लिएर देशभर विरोध प्रदर्शन भएको अलजजिराले जनाएको छ ।

पाकिस्तानले अनिश्चितताको अवधिको सामना गरिरहेको छ भने जचुनावी नतिजाहरू स्पष्ट बहुमत नभएको र दुई विरोधी राजनीतिक नेताहरू, पाकिस्तान मुस्लिम लिग (पीएमएलएन) का नवाज शरीफ र पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का इमरान खानले विजयको घोषणा गरेका छन् ।

शनिबार २६५ निर्वाचन-क्षेत्रको नतिजा मध्ये ९ निर्वाचन -क्षेत्रमा बिहीबारको निर्वाचनको पूर्ण परिणाम आउन सकेको छैन ।

निर्वाचन आयोगको संजालस्थल (वेबसाइट)मा प्रकाशन गरिएको पछिल्लो तथ्यांकअनुसार झ्यालखाना(जेल)मा रहेका नेता खानको पीटीआईसँग जोडिएका स्वतन्त्र उम्मेदवारहरू १०२ निर्वाचन-क्षेत्र )सिटमा अगाडि छन्। यसैबीच, शरीफको पीएमएलएन ७३ वटा निर्वाचन -क्षेत्र (सिट)सहित दोस्रो स्थानमा छ भने बिलावल भुट्टो जरदारीको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ५४ वटा निर्वाचन-क्षेत्र (सिट)सहित तेश्रो स्थानमा छ ।

“यो सम्भवतः पाकिस्तानको इतिहासमा सबैभन्दा विवादास्पद चुनाव हो,” अल जजीराका कमल हैदरले इस्लामाबादबाट समाचार प्रसारण गरे ।

यसैबीच, चुनाव जितेको दाबी गर्ने पीएमएलएनका शरिफले पनि आफूले गठबन्धन सरकार बनाउन खोज्ने बताएका छन् । र ,पीपीपीका जरदारीले आफ्नो पीपीपी दल बिना पञ्जाब र बलुचिस्तान प्रान्तमा संघीय सरकार गठन हुन नसक्ने कुरामा जोड दिए।

यस्तो विभाजनसँगै, दुई वर्षदेखि राजनीतिक अस्थिरता, पूर्वनिर्धारित अर्थतन्त्र र बढ्दो आन्तरिक उथलपुथल भोगेको २४ करोड १० लाख जनसंख्या भएको देश पाकिस्तानमा कसले सरकार बनाउने भन्ने ठूलो प्रश्न खडा भएको छ ,अल जजिराका अबिद हुसैनले बताए ।

प्रतिक्रिया