हवाईमा भूकम्प ,धेरै क्षेत्रमा कम्पन

इनेप्लिज २०८० माघ २७ गते १२:२९ मा प्रकाशित

हवाईको ठूलो टापूमा भूकम्प गएको एबिसीन्यूजले जनाएको छ । थुप्रै टापूहरुमा भूकम्पको धक्का महसुस गरिएको छ भने धेरै क्षेत्रमा ‘कम्पन’ गएको छ ।

गभर्नरको कार्यालयले सुनामीको सम्भावना नरहेको जनाएको छ । हवाईको ठूलो टापूमा ५.७ म्याग्निच्युड(परिमाण)को भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार हवाईको बिग आइल्याण्ड( ठूलो टापू) को पहाला नजिकै गत शुक्रबार ५.७ परिमाण (म्याग्निच्युड)को भूकम्प गएको हो ।

होनोलुलु एबीसी सम्बद्ध केआईटिभी (दूरदर्शन)का अनुसार तीव्र कम्पन महसुस गरिएको जनाएको छ । त्यस्तै एक पाहुनाघर (होटल)ब्यबसायमा संलग्न संचालकले सबैभन्दा शक्तिशाली कम्पन महसुस गरेको बताए ।

गभर्नरको कार्यालयले सुनामीको सम्भावना नरहेको जनाएको छ । हाल सम्म कुनै कुनै मानवीय क्षति भने नभएको तर केही व्यवसायमा बिजुली अबरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया