राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका सैन्य प्रमुख भ्यालेरी जालुज्नीलाई बर्खास्त गरेको घोषणा गरेका छन ।
लगभग दुई वर्ष अघि रूसको पूर्ण स्तरको आक्रमण सुरु भएदेखिको सबैभन्दा यो ठूलो सैन्य परिवर्तन हो ।
राष्ट्रपतिको यो कदमले युक्रेनको धेरै प्रशंसनीय प्रति रक्षा आक्रामक असफल भएपछि र युक्रेनले नयाँ रुसी आक्रमण, जनशक्ति र गोलाबारुदको अभावको सामना गर्नु परेको र अमेरिकी सहायता कांग्रेसमा रोकिएपछि जेलेन्स्की र उनको अत्यधिक लोकप्रिय सैन्य प्रमुखबीचको तनाव पछि आएको सिनएनएनले समाचार लेखेको छ ।
औपचारिक घोषणाको केही समय अघि टेलिग्राममा प्रकाशित सूचनामा जेलेन्स्कीले जालुज्नीसँग भेट गरेको र युक्रेनको सशस्त्र सेनालाई कस्तो प्रकारको नवीकरण चाहिन्छ भनेर छलफल गरेको बताए ।
यो नविकरणको समय भएको जेलेन्स्कीले टेलिग्राममा लेखेका छन ।उनको बदलामा ओलेक्सान्डर सिर्स्की प्रमुख हुनेछन ।जो २०१९ देखि युक्रेनी भूमि सेनाको सेनापतिको रूपमा सेवा गर्दै आई रहेका छन ।
जालुझ्नीले बिहीबार आफ्नो टेलिग्राममा २०२२ को कार्यहरू २०२४ को भन्दा फरक छन भनि लेखेका छन ।
प्रतिक्रिया