इजरायली सेनाले सोमबारदेखि गाजाभरि कारबाहीमा दर्जनौं विद्रोहीलाई मारेको इजरायली रक्षाबलले जनाएको छ।
इजरायल डिफेन्स फोर्स (अर्थात् इजरायल रक्षा बल – आईडीएफ) ले सोमबारदेखि गाजाका धेरै भागहरूमा लगातार आक्रमण गरेको जनाएको छ ।
जसमा दर्जनौं लडाकूहरू मारिएका छन् र ८० भन्दा बढी व्यक्तिहरूलाई पक्राउ गरेको आईडिएफले बताएको छ । दक्षिणी गाजामा खान युनिस र वरपर सञ्चालन जारी राखेको जनाउदै उत्तरी र मध्य गाजा भूभाममा लक्षित आक्रमणहरू सञ्चालन भै रहेको बताएको छ ।
सेनाहरूले बेइट हानौनमा जासुसी जानकारी जम्मा गर्ने क्षमताहरू पुनर्स्थापना गर्ने प्रयासमा पर्यवेक्षण पूर्वाधार स्थापना गर्न खोजिरहेका चार जनाको पहिचान गरेको र उनीहरू विरुद्ध आक्रमण सुरु गरेका थिए।
आइडिएफका अनुसार उत्तरी र मध्य गाजामा धेरै कारवाहीहरू भएको बताएको छ । त्यहाँ आक्रमण भएकोधेरै आतंककारीहरू मारिएको जनाएको छ ।
प्रतिक्रिया