अमेरिकाको फ्लोरिडा राज्यको घुम्ती घरहरुमा सानो विमान दुर्घटनामा धेरैको मृत्यु भएको आशंका गरिएको छ । थप जानकारी आई रहेको र केही मानिसहरुको ज्यान गएको हुन् सक्ने उद्धारमा संलग्न अधिकारीहरुले बताएको एबिसीन्यूजले समाचार लेखेको छ ।
अधिकारीहरुका अनुसार कम्तीमा चार घरमा आगलागी भएको छ ।
बिहीबार राति फ्लोरिडाको क्लियरवाटर शहर एउटा सानो विमान एउटा घुम्ती (मोबाइल )घरमा ठोक्किएपछि कैयौं व्यक्तिको मृत्यु भएको एक दमकल अधिकारीले बताएका छन्।
पत्रकार सम्मेलनमा क्लियरवाटर अग्नि नियन्त्रण विभागका प्रमुख स्कट एहलर्सले विमान दुर्घटना र विमानमा ठोक्किएको घरमा मृत्यु हुनेहरू भएको पुष्टि गरे।
क्लियरवाटर प्रहरीहरु घटनास्थलमा छन भने चिकित्सा परीक्षकको कार्यालयसँग काम गरिरहेको उनले बताए । उनीहरूले प्रारम्भिक अनुसन्धान पनि गरि रहेको क्लियरवाटर प्रहरी प्रमुख एरिक गान्डीले भने।
क्लियरवाटर अग्नि नियन्त्रण तथा उद्धार टोलीले साँझ ७:०८ मा दुर्घटना भएको जानकारी दिएको छ । उनीहरु ७ मिनेटपछि घटनास्थलमा पुगेका थिए ।
एफएएले एकल यन्त्र ( इन्जिन )बिचक्राफ्ट बोनान्जा भि ३५ विमान दुर्घटना भएको पुष्टि गरेको छ। बिमानचालकले यन्त्रले काम नगरे पछि (इन्जिन फेल) रिपोर्ट गरेपछि दुर्घटना हुन् पुगेको बताईएको छ ।
बिहीबार राति अधिकारीहरूका अनुसार हवाईजहाँ विमानस्थल धावनमार्ग बाट करिब ३ माइल उत्तरमा रडारबाट बाहिर गएको थियो जहाँ घुम्ती घरहरु रहेका छन् ।
आगलागीमा चारवटा घर जलेर नष्ट भए पनि दमकलले तुरुन्तै आगो निभाएको अधिकारीहरूले बताएका छन्। अधिकारीहरुका अनुसार आगो लागेका अन्य तीन घरका मानिसहरुलाई उनीहरुको घरबाट बाहिर निकालिएको छ र उनीहरुको स्वास्थ्य अवस्था ठिक रहेको छ ।
एफएए र राष्ट्रिय यातायात सुरक्षा समितिले घटनाको छानबिन गर्ने घोषणा गरेका छन्।
प्रतिक्रिया