बेलायती न्यायाधिशद्वारा कागजात( मिसिल) सम्वन्धी ट्रम्पद्वारा दायर गरिएको मुद्दा खारेज

इनेप्लिज २०८० माघ १८ गते २३:३७ मा प्रकाशित

बेलायती एक न्यायाधिशले कागजात( मिसिल) सम्वन्धी अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले दायर गरेको मुद्दा खारेज गरेका छन ।

लन्डनका एक न्यायाधीशले बिहीबार ट्रम्पले एक पूर्व बेलायती जासुसलाई “चकित पार्ने र निन्दनीय दावीहरू” गरेको आरोपमा लगाएको मुद्दा खारेज गरेका हुन । उक्त दावीहरु झुटो र उनको प्रतिष्ठालाई हानि पुर्‍याएको भन्दै ट्रम्पले मुद्धा हालेका थिए ।

२०२४ को रिपब्लिकन राष्ट्रपतिको उम्मेदवारीका लागि अग्रपंक्तिमा रहेका ट्रम्पले कानुनी समस्याको सामना गरिरहँदा यो निर्णय आएको हो।

न्यायाधीश करेन स्टेनले ओर्बिस व्यवसाय विरुद्ध ट्रम्पले दायर गरेको मुद्दालाई सुनुवाइमा जान दिने “कुनै बाध्यकारी कारण” नभएको बताइन ।

कम्पनीको स्थापना क्रिस्टोफर स्टिलले गरेका थिए भने जसले २०१६ मा एउटा फायल( मिसिल) बनाएका थिए । ट्म्पले उनले प्रस्तुत गरेका मिसिलहरु झुटा र अप्रमाणित आरोपहरू हुन भन्दै दावी गर्दै अदालतमा मुद्धा दायर गरेका थिए।

ट्रम्पले सपथ लिनु अगाडीनै राजनैतिक तरंग ल्याएको थियो।

एक पटक बेलायतको पूर्व गुप्तचर सेवाका स्टिललाई एमआई६ भनेर पनि चिनिन्छ।

यो झुटो समाचार बेलायती तथ्यांक सुरक्षा कानूनको उल्लङ्घनको लागि ओर्बिससँग ट्रम्पले क्षतिपूर्तिको माग गरेका थिए ।

प्रतिक्रिया