अमेरिकाको आइडाहो राज्यको बोइसको विमानस्थलनजिकै भवन भत्किँदा कम्तीमा एक दर्जन व्यक्ति घाइते भएका छन् । घटना सम्बन्धी प्रहरी अधिकारीहरूले अनुसन्धान गरिरहेको सिएनएनले जनाएको छ ।
आइडाहोको बोइसमा बुधबार निर्माणाधीन भवन भत्किँदा कम्तिमा एक दर्जन व्यक्ति घाइते भएको नगरको दमकल विभागले जनाएको छ।
निर्माणाधीन भवनको भत्किएको दमकल विभागका प्रमुख आरोन हुमेलले बुधबार साँझ पत्रकार सम्मेलनमा भने। विमानस्थल सञ्चालनमा कुनै असर परेको छैन।
भवन भत्किदा पनि विमानस्थल सञ्चालनमा कुनै असर परेको छैन। “मलाई थाहा छ त्यहाँ एक दर्जन व्यक्तिहरू छन् र त्यो भत्किँदा घाइते भएका छन्,” उनले भने । हुमेलले पीडितका बारेमा थप जानकारी दिन अस्वीकार गर्दै परिवारसँग सम्पर्क भईरहेको बताए ।
बोइस आइडाहोको राजधानी हो। आइडाहो राज्य प्रहरीले घटनाले राजमार्ग ८४ मा बिमानस्थल नजिकै समस्या उत्पन्न गरिरहेको चेतावनी दिएको थियो । सवारी साधन चालकहरूलाई यस क्षेत्रबाट सावधानीपूर्वक चलाउन र “सतर्क रहन” आग्रह गरेको छ ।
प्रतिक्रिया