क्यालिफोर्नियाका एक व्यक्तिलाई २० बर्ष अगाडी ९ बर्षिय बालिका र दौडने महिलालाई बलात्कारको आरोपमा १४० वर्षको कैद सजाय सुनाईएको छ ।
क्यालिफोर्नियामा दुई दशकभन्दा बढी समयअघि ९ वर्षीया बालिका र ३२ वर्षीय दौडने महिलालाई निर्मम रूपमा बलात्कार गरेको आरोपमा केभिन कोन्थर नामक उक्त व्यक्तिलाई १४० वर्षको कारागार सजाय सुनाइएको सिविएसन्यूजले जनाएको छ ।
बलत्कारीले आफ्नो समान जुम्ल्याहा भाईलाई अपराध गरेको आरोप लगाउन खोजेका थिए । ५८ वर्षीय कोन्थरलाई गत शुक्रबार ओरेन्ज काउन्टी उच्च अदालतमा सजाय सुनाइएको थियो ।
न्यायाधीशले अधिकतम जरिवाना तोकेको ओरेन्ज काउन्टी जिल्ला अधिवक्ताले एक समाचार विज्ञप्तिमा उल्लेख गरेका छन ।
एक निर्णायक मण्डलले फेब्रुअरी २०२३ मा कोन्थरलाई यौन दुर्व्यहारसॅग जोडिएको धेरै जघन्य आरोपहरूमा दोषी ठहर गरेको थियो।
उनलाई जबरजस्ती बलात्कारको दुईवटा गणना र नाबालिगको साथ एक अभद्र र लज्जास्पद कार्यको गणना समावेश गरिएको जिल्ला वकिलको कार्यलयले जनाएको छ ।
प्रतिक्रिया