अमेरिकाको क्यालिफोर्निया राज्यको स्यान डिएगोको एक विद्यालयमा गोली चलाउने धम्की दिएपछि एक बाबु र उनको किशोर छोरालाई प्रहरीले पक्राउ गरेको छ ।
विद्यार्थीका बुबालाई अवैध हतियार राखेको, आक्रमण गर्ने हतियार निर्माण र विनाशकारी यन्त्र राखेको लगायतका अभियोगहरू लगाईएको प्रहरीले बताए ।
स्यान डिएगोमा एक बिद्यालयमा गोली हान्ने धम्कीको विवरणले परिवारको घरमा आक्रमण गर्ने हतियार र धेरै पत्ता लगाउन नसकिने बन्दुकहरू फेला पारेपछि एक बुबा र उनको किशोर बच्चालाई पक्राउ गरिएको प्रहरी बिभागले मंगलबार जानकारी दिएको छ ।
सान डिएगो प्रहरी विभागले मंगलबार समाचार विज्ञप्ति जारी गर्दै एक विद्यार्थीले विद्यालयमा गोली हान्ने मौखिक धम्की दिएको प्रतिवेदनको अनुसन्धान गर्न प्रहरीलाई रान्चो बर्नार्डो हाई स्कूल(उच्च माध्यमिक बिद्यालय)मा बोलाइएपछि किशोरलाई शुक्रबार पक्राउ गरिएको जनाएको छ । विद्यार्थीलाई किशोर हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
विद्यार्थीका ४५ वर्षीय बुबालाई पक्राउ गरी अवैध हतियार राखेको, आक्रमण गर्ने हतियार निर्माण र विनाशकारी यन्त्र राखेको आरोपमा पक्राउ गरिएको प्रहरीले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
बुबालाई मंगलबार बिहान स्यान डिएगो काउन्टी कारागारमा राखिएको छ भने उनलाई बिहीबार अदालतमा उपस्थित गराइने छ।
गत वर्ष अमेरिकामा कम्तिमा ८२ वटा विद्यालयमा गोली हानाहान भएको थियो र यस वर्ष अहिलेसम्म तीनवटा घटना भएको सीएनएनको विश्लेषणले देखाएको छ।
प्रतिक्रिया