अमेरिकी विनाशकले हुथी बिद्रोहीको क्षेप्यास्त्रलाई रोकेको अमेरिकी दाबी

इनेप्लिज २०८० माघ १७ गते ११:२९ मा प्रकाशित

अमेरिकी विध्वंसक(डिसट्रोयर्स)ले हुथी क्षेप्यास्त्र (मिसाइल)लाई रोकेको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ ।

अमेरिकी सेन्ट्रल कमाण्ड(नियोग)का अनुसार मंगलबार लाल सागरतर्फ प्रक्षेपण गरिएको एकल हुथी जहाज बिरुद्ध मार हान्ने क्षेप्यास्त्र (एन्टी-शिप क्रुज मिसाइल)लाई अमेरिकी विनाशकले रोकेको छ।

अमेरिकी ग्रेभली क्षेप्यास्त्र विनाशकले यमनमा मध्यरातको केही समय अघि (लगभग ३ :३० बजे पूर्वीय ) क्षेप्यास्त्रलाई रोकेको छ । कुनै हताहत वा क्षति नभएको केन्द्रीय कमाण्डले एक विज्ञप्तिमा जनाएको छ ।

संसारको सबैभन्दा महत्वपूर्ण जलमार्गहरू मध्ये एकमा व्यावसायिक जहाजहरूमा हुथी आक्रमण वृद्धि भएको र लगातार प्रहार गरि रहेको छ । केही दिन अगाडी प्रहार गर्दा जहाजमा आगो लागेको थियो ।

हुथी बिद्रोहीको क्रियाकलाप तथा हतियारको पछि लाग्न र अन्तर्राष्ट्रिय ढुवानी जलमार्गहरूलाई लक्षित गर्ने विद्रोही समूहको क्षमतालाई बाधा पुर्‍याउन अमेरिकाले यमनमा हुथी लक्ष्यहरू विरुद्ध शृंखलाबद्ध हमलाहरू गरेको छ।

प्रतिक्रिया