विमला ढुंगाना निरौलाको बाल कवितासङ्ग्रह ‘यात्रामा देश’ लोकार्पण

इनेप्लिज २०८० माघ १७ गते ११:०७ मा प्रकाशित

वासिगंटनडिसी
माघ १२

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का महासचिव तथा बाल साहित्यकार विमला ढुंगाना निरौलाको १३ औं कृतिको रूपमा बालकबितासंग्रह ‘यात्रामा देश’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक विशेष समारोहबीच बरिष्ठ साहित्यकार तथा समाजसेवी सुश्री भद्रा घलेको प्रमुख आतिथ्यतामा उक्त कृतिको लोकार्पण गरिएको हो ।

अनेसास, नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको सभापतित्वमा भएको कार्यक्रमका विशिष्ट अतिथिमा अनेसास बिओटीका पूर्व सल्लाहकार तथा त्रिवि नेपाली विभाग प्रमुख प्राडा. खगेन्द्र लुइटेल रहनुभएको थियो भने विशेष अतिथिमा बरिष्ठ साहित्यकार खेमनाथ दाहाल, अनेसास बिओटीका कोषाध्यक्ष नेत्रबन्धु पोखरेल, अनेसास केन्द्रका उपाध्यक्ष डा. रेणुका सोलु, फणिन्द्र निरौला, अनेसास नेपाल च्याप्टरका सल्लाहकार तथा गुञ्जनका पूर्व अध्यक्ष हिरण्यकुमारी पाठक हुनुहुन्थ्यो ।

त्यसैगरी विशेष वक्ताको रुपमा नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधान र डा. र बुनु दाहाल हुनुहुन्थ्यो भने अतिथिहरूमा अनेसास दर्पणका कार्यकारी सम्पादक तथा लोकार्पित कृतिका सम्पादक रमेश दाहाल, मिलाप पब्लिकोशनका अध्यक्ष कृष्ण भुसाल, सञ्चारकर्मी मोहराज शर्मा, लेखक तथा द्वन्द्व विश्लेषक केशव चौलागाईं, स्रष्टा विमला निरौलाकी माता तथा सुरेश भट्ट लगायतका रहनुभएको थियो ।

त्यस्तै अन्य अतिथिमा आयोजक संस्था अनेसास नेपाल च्याप्टरका प्रथम उपाध्यक्ष मन्जिला शर्मा, उपाध्यक्ष निर्मलरमण पराजुली, महासचिव रञ्जना निरौला, कोषाध्यक्ष कमला रिसाल, सुमन वर्षा, डा शान्तिमाया गिरी, सहित्लेयकार गीता कार्की , बिक्रमभक्त जोशी, राजरजक, पत्रकार साहित्यकार प्रकाश सुवेदी, साहित्यकार मुरारी सिग्देल साहित्यकार गंगा लिगल, रश्मि शर्मा, ललिता दोषी, अनेसास पोर्चुगल च्याप्टरका गोमा रेग्मी, बाल साहित्यकार कार्तिकेय घिमिरे, र्इश्वर थोकर, उर्मिला सुवेदी, मन्जु पौडेल, डा ससी थापा, शान्ती दहार, बाल सहित्यकार निर्मला बराल, शान्ता पाण्डे,रिषी ढुंगाना, बैकुण्ठ ढुंगाना , माधव ढुंगाना , प्रज्ञा ढुंगाना, नमिता सुबेदी, रश्मी रिमाल, पण्डित अच्युत सुबेदी, राजेन्द्र पौडेल, श्रीजेश अर्याल, बाल सहित्यकार डा यादेबी ढकाल, भावना घिमिरे , नेपाल बास सहित्य समाज बाट सुसिला प्रधागं, रामबाबु सुबेदी लगाएत धेरै बरिष्ठ बाल साहित्यकारहरूको उपस्थित रहेको थियो । कार्यक्रममा उपस्थित अतिथिहरूलाई अनेसास नेपाल च्याप्टरका प्रथम उपाध्यक्ष मञ्जिला शर्माबाट स्वागत मन्तव्य राखिएको थियो ।

प्रमुख अतिथिबाट पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि, सभापति, विशिष्ट अतिथि, एवम् विशेष अतिथि, विशेष वक्तालगायत मञ्चासीन अतिथिहरूबाट कृतिको संयुक्त रुपमा लोकार्पण गरिएको थियो ।

कार्यक्रममा कृतिका विषयमा विशेष वक्ताको रुपमा रहनुभएका प्रमोद प्रधान, बुनु दाहाल, कृतिका भूमिकाकार खेमनाथ दाहालले बोल्नुभएको थियो । यस्तै प्राडा. खगेन्द्र लुइटेल, सुरेश भट्ट डा. रेणुका सोलु लगायतले ‘यात्रामा देश’ बाल कवितासङ्ग्रहले प्रवासी बालबालिकालाई देशको भूगोल संस्कृति तथा नेपाली भाषा लेख्न बोल्नका लागि अत्यन्त उपयोगी हुने कुरा बताउँदै कृतिको महत्वबारे प्रकाश पार्नुभएको थियो ।

सोही क्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको शुभकामना मन्तव्य उपाध्यक्ष डा. रेणुका सोलुले वाचन गरेर सुनाउनुभएको थियो भने बिओटी सभापति पदम विश्वकर्माको शुभकामना मन्तव्य बिओटीका कोषाध्यक्ष नेत्रबन्धु पोखरेलले वाचन गर्नुभएको थियो ।

विशेष अतिथि सुरेश भट्टले कृतिबाट कविता वाचनसहित शुभकामना मन्तव्य राख्नुभएको थियो भने गोमा रेग्मीले छन्द कवितामार्फत शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सुश्री भद्रा घलेलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गएिको थियो भने आयोजक संस्था नेपाल च्याप्टरले स्रष्टा विमला निरौलालाई स्रष्टासम्मान गरेको थियो ।

त्यसैगरी कृति प्रकाशन तथा कार्यक्रम सफल पार्न सहयोग पुर्याउनेहरुमा विशिष्ट अतिथि प्राडा. खगेन्द्र लुइटेल, भूमिकाकार खेमनाथ दाहाल, विशेष वक्ताहरू प्रमोद प्रधान, बुनु दाहाल, कृति सम्पादक रमेश दाहाल, कार्यक्रमका सहजकर्ता केशवराज आचार्यलगायतलाई मायाको चिनो प्रमुख अतिथिको हातबाट प्रदान गरिएको थियो ।

त्यस्तै प्रमुख अतिथि भद्रा घलेबाट कृति तथा स्रष्टाको विषयमा चर्चा गरिएको थियो भने स्रष्टा विमला निरौललाबाट प्रमुख अतिथि, विशिष्ट अतिथिहरू , बिशेष वक्विताहरू शेष अतिथिलगायत उपस्थित अतिथिहरूलाई धन्यवाद दिनुका साथै पुस्तक तयार पार्ने क्रममा र प्रवासको लेखन यात्रमा बिशेष सहयोगी आफ्नो घर परिवार श्रीमान छोराछोरी र भर्जिनियाका प्रिय मनहरूलाई बिशेष धन्यवाद दिंदै अरोक्ष अपरोक्ष रुपमा साथ सहयोग गर्ने सबैमा आभारसहित धन्यवाद मन्तव्य व्यक्त भएको थियो ।

नेपाल बाल साहित्य समाजका महासचिव विजयराज आचार्यको उत्सकृष्ठ संचालनमा गरेको उक्त कार्यक्रमलाई समापन गर्ने क्रममा कार्यक्रमका सभापति तथा नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीले यात्रामा देश कृतिलाई बालकविता सङ्ग्रहमात्र नभनेर विविध पक्ष ढाकेर सिर्जना गरिएको यस लयात्मक बालकविता सङ्ग्रह भए पनि देशको र भुगोलको वर्णन गरेको हुंदा बाल नियात्रा काव्य कृतिको रूपमा लिंदै बाल नियात्रा भन्नुपर्ने कुरा प्रकाश पार्दै आफ्नो मन्तव्यसहित कार्यक्रम समापन गर्नुभएको थियो ।

अत्याधिक भिड भाड र बालसाहित्यकारहरूको उल्लासजनक उपस्थित हरेको उक्र्त कार्यक्रम अन्तराष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टर तथा नेपाल बाल साहित्य समाजको संयुक्त आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको देवकोटा सभाकक्षमा अपरान्न १ देखी ३.३० सम्म भएको थियो ।

प्रतिक्रिया