अमेरिकाको राजधानी वाशिंगटन डिसीमा कार (गाडी )डकैत गर्दै गाडी धनीलाई गोली हान्ने संदिग्धलाई पछ्याउदै गर्दा प्रहरीसँग गोली हानाहान हुँदा संदिग्ध मारिएका छन् ।
न्यू क्यारोलटन प्रहरीले डीसी र मेरील्याण्डमा सवारी साधन (कार)डकैत गर्ने संदिग्धलाई ३५ वर्षीय अल्बर्टो भास्क्वेजको हत्या गरेकोमा पछ्याउने क्रममा उनलाई गोली हान्दा उनको ज्यान गएको एनबिसीवाशिंगटनले समाचार लेखेको छ ।
संदिग्ध व्यक्तिले बाल्टिमोरको डिसी -२९५ ,आइ-९५ तथा आइ-३९५ राजमार्गहरुमा प्रहरीलाईगोली हानेको पनि विश्वास गरिएको छ।
उक्त संदिग्धले एक व्यक्तिलाई चाइनाटाउन नजिकै भीडको समयमा गोली हानेका थिए । त्यस्तै अर्कोलाई उनको कार (सवारी साधन) चोरी हुनु अघि डिसीको उत्तरपूर्व स्थित तेश्रो गल्लीमा गोली हानेका थिए ।
संदिग्धलाई प्रहरीले मंगलबार बिहान न्यू क्यारोलटनमा ११ घण्टा भन्दा बढी समय पछि गोली हान्दा उनको ज्यान गएको प्रहरी अधिकारीहरूले बताए ।
प्रहरीका अनुसार संदिग्धले कम्तिमा ३ जनालाई गाडी डकैत गर। अरूलाई पनि डकैत प्रयास गरे र दुई जनालाई गोली हाने जसमध्ये एक जनाको मृत्यु भयो। तीन प्रहरीका सवारी साधनहरू ठोक्किए तर कुनै पनि प्रहरी अधिकारीलाई चोटपटक लागेन।
डिसीमा मारिएका व्यक्ति अल्बर्टो भास्क्वेज भएको पुष्टी भएको छ भने उनि दुई छोरीका ३५ वर्षीय पिता थिए ।
प्रतिक्रिया