भारतीय गणतन्त्र दिवसको एक दिन अगाडी भारतको भ्रमणमा आएका फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जयपुरमा भ्रमण कै क्रम माटोको प्यालामा दुई रुपैया भारुको मसला चिया पिलाउदै अयोध्याको मन्दिरको मूर्ति किनेर दिएका छन् ।
फ्रान्सेली राष्ट्रपति म्याक्रोनलाई मोदीले बजार घुमाउदै एउटा पसलमा पसे र अयोध्याको मन्दिर जस्तै मूर्तिलाई करिव ५०० भारुमा किनेर उनलाई मायाको चिनो उपहार प्रदान गरे । सबै भन्दा मज्जाको कुरा उनीहरु घुम्दै गर्दा एक चिया पसलमा पसे । त्यहा चिया पसलले बिशेष चिया नभई एक माटोको प्यालामा मसला चिया दिए पछि उक्त पसलमै चिया बसेर पिएको समेत बिश्वब्यापी रुपमा श्रव्यदृश्य (भिडियो)व्यापक भएको छ ।
सबै भन्दा खुशी जयपुरका जनता भएका छन् । अर्को ७ समुन्द्र पारीको राष्ट्र प्रमुख त्यसरी हिडेर उनीहरु माझ आउछ भन्ने कहिले परिकल्पना नगरेकोले उनि आउँदा अत्यन्तै हर्षित भएका थिए ।
म्याकरोनलाई जयपुरमा मोदीले युपीआइ माध्यमबाट भुक्तानी गर्दा छक्क पनि परे । उनको लागि गाउँ जस्तो ठाउँमा उधारो पत्र (क्रेडिट कार्ड)नभई युपीआईको मध्यमबाट मोदीले पैसा तिरेका थिए । युपीआइको बारेमा पनि म्याकरोनले केही जिज्ञाशा राखेका थिए ।
चियावालले पैसा लिन नमानेता पनि अन्तिममा मोदीले भारु २ दिएको आजतक समाचारका सम्पादक सुधिर चौधरीले प्रसारणमा बताए ।
म्याक्रोन गणतन्त्र दिवस २०२४ का प्रमुख अतिथि हुन् भने उनि राजस्थानबाट भारत भ्रमण सुरु गर्दै मोदी र म्याक्रोनको जन्तर मन्तरदेखि हावा महलसम्मको सडकको यात्रा गरे । भारत र फ्रान्स बीच द्विपक्षीय रक्षा र व्यापारमा बिषयमा छलफल हुने आजतकले समाचार लेखेको छ ।
म्याक्रोन मन्त्रीस्तरीय प्रतिनिधिमण्डलको साथमा गणतन्त्र दिवसमा छैटौं फ्रान्सेली प्रमुख अतिथिको रूपमा भारत आएका हुन् । प्रधानमन्त्री मोदी गत वर्ष पेरिसमा ब्यास्टिल दिवसका बिशेष अतिथि रहेका थिए। म्याक्रोनको भ्रमणको उद्देश्य पेरिसमा सुरु भएको फ्रान्स-भारत रणनीतिक साझेदारीको नवीकरणलाई सुदृढ पार्नु हो।
प्रतिक्रिया