अमेरिकामा रिपब्लिकनहरुको प्राथमिक निर्वाचन चलि रहदा गत मध्यरातमा न्यु ह्याम्पशारको डिक्सभिल नोच शहरमा छ जना मतदाताहरुले सबै मत भारतीय मूलकी निक्की हेलीलाई दिएका छन् ।
न्यु ह्याम्पशारको प्राथमिक निर्वाचनमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय मूलकी निक्की हेली बीच कडा प्रतिस्प्रद्धा हुने भएको छ । अन्य सबै उम्मेदवारहरुले मैदान छोडेका छन् भने हाल हेली मात्र ट्रम्पसँग प्रतिस्प्रद्धामा मैदानमा रहेकी छिन । सर्वेक्षणमा अन्य राज्य र अमेरिका भरि ट्रम्प निकै अगाडी छ । आज मंगलबार जनवरी २३ का दिन प्राथमिक निर्वाचन हुदैछ भने दुवै उम्मेदवार अत्यन्तै मेहनत गरि रहेका छन् ।
ट्रम्प २-४ वटा राज्यमा पराजित भएता पनि उनि नै अन्त्यमा रिपब्लिकन दलको तर्फबाट मनोनयनमा पर्ने लगभग निश्चित छ । यता हेलीले डिक्सभिल नोच न्यु ह्याम्पशारमा मध्यरातमा प्राथमिक निर्वाचनमा विजयी भएकी छन् ।
सबै छ जना मतदाता(अर्थात् डेलीगेट)ले निक्की हेलीलाई सर्वसम्मतिले मतदान गरे।
न्यु ह्याम्पशारको उत्तरी क्षेत्रमा पर्ने एउटा सानो शहर डिक्सभिल नोचका सबै छ जना दर्ता भएका मतदाताहरूले मध्यरातमा निक्की हेलीलाई मतदान गरेका हुन् । उक्त समूहमा चार जना दर्ता भएका रिपब्लिकन र दुई जना दर्ता अघोषित मतदाता मिलेर प्राथमिकमा पहिलो मतदान गरे ।
“न्यु ह्याम्पशारमा उत्कृष्ट दिनको लागि राम्रो सुरुवात,” निक्की हेलीले एक विज्ञप्तिमा भनिन । “धन्यवाद डिक्सभिल नोच!”
प्रक्रिया सुरु देखि समाप्त गर्न कुल १० मिनेट लागेको थियो । राष्ट्रिय गान बजाएपछि सबै ६ जना मतदाता एक एक गरी मतदान केन्द्रमा प्रवेश गरेका थिए । मतपत्रहरू पछि हातले गणना गरियो । र ,सेतोपाटीमा लेख्नु अघि ठूलो स्वरमा पढिएको थियो ।
त्यहाको परम्परा झण्डै ६० वर्ष पुरानो हो, तर यस वर्ष डिक्सभिल नोच न्यु ह्याम्पशारमा मध्यरातमा मतदान गर्ने एक मात्र शहर हो।
२०२० न्यू ह्याम्पशार प्राथमिकमा डेमोक्र्याटिकका माइकल ब्लूमबर्गले तीन वटा मतहरु प्राप्त गरेपछि प्राथमिक निर्वाचन जितेका थिए। त्यहाँ हालका मन्त्रि पीट बुटिजेज र सिनेटर बर्नी स्यान्डर्सले प्रत्येकले एक मत प्राप्त गरेका थिए ।
प्रतिक्रिया