रिपब्लिकन राष्ट्रपति पदका शक्तिशाली उम्मेदवार तथा फ्लोरिडाका गभर्नर रन डिसान्टिस राष्ट्रपतिको दौडबाट बाहिरिएका छन् । उनले भर्खर मात्रै आफू राष्ट्रपति दौडबाट बाहिरिएको घोषणा गरेका छन् ।
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको सबैभन्दा ठूलो खतराको रूपमा रिपब्लिकन राष्ट्रपतिको प्राथमिक निर्वाचनमा प्रवेश गर्ने सम्भावना रहेका डिसान्टिस आइतवार दिउसो घोषणा गरेका हुन् ।
उनले आयोवामा कमजोर प्रदर्शन गरे पछि लगभग एक हप्ता पछि आफ्नो व्हाइट हाउसमा पुग्ने उम्मेदवारी तथा आह्वान समाप्त गरेका छन् । उनि एक होनहार उम्मेदवार हुन् भने अब ट्रम्प लगभग रिपब्लिकन दलबाट प्राथमिक निर्वाचनमा पुग्ने पक्का देखिएको छ ।
ट्रम्प र बाइडेन बीच साढे जुधाई हुनेछ भने यस पटक पछिल्लो सर्वेक्षण हेर्दा ट्रम्प राष्ट्रपति पदमा जित्ने प्रवल सम्भावना देखिन्छ । उनले आफ्नो अभियान समाप्त गर्दै सामाजिक संजाल एक्समा बोलेका छन् । ट्रम्पलाई रिपब्लिकन दलको तर्फबाट मनोनयन हुने बाटो खुलेको छ ।
प्रतिक्रिया