रिपब्लिकन राष्ट्रपति पदका उम्मेद्वार निक्की हेलीले गत शनिबार डोनाल्ड ट्रम्पको मानसिक योग्यता समाथि प्रश्न उठाएकी छिन् । जब ट्रम्पले भूतपूर्व सभामुख न्यान्सी पेलोसीसँग जनवरी ६ , २०२१ को अमेरिकी क्यापिटल(संसद )मा भएको आक्रमणको बारेमा कुरा गर्दा उनलाई भ्रममा पारे।
“हिजो राती, ट्रम्प एक चुनावी प्रचार सभा (र्याली)मा थिए र उनि बोल्दै थिए ,उनले मलाई संसद दंगाको समयमा किन सुरक्षा लिइनँ भनेर धेरै पटक उल्लेख गरे । किन मैले जनवरी ६ लाई राम्रोसँग प्रवन्ध गरिन । म जनवरी ६ मा पनि डिसीमा थिइनँ। म त्यतिबेला कार्यालयमा थिइनँ,’ हेलीले भनिन्।
“उनीहरू अलमलमा परेको भनिरहेका थिए । उनले अर्कै कुरा गरिरहेका थिए । उनी न्यान्सी पेलोसीको बारेमा कुरा गर्दै थिए। उनले मलाई त्यो परिदृश्यमा धेरै पटक उल्लेख गरे , “पूर्व साउथ क्यारोलाइनाकी गभर्नरले हेलीले भनिन ।
हेलीले केइन भन्ने न्यु ह्याम्पशायरमा मतदाताहरूको भीडलाई भनिन ,मलाई चिन्ताको विषय यो हो । म केहि अपमानजनक भनेको छैन।
गत मंगलबारको न्यु ह्याम्पशायर प्राथमिक चुनावी प्रचारका दिनहरूमा ५२ वर्षीया हेलीले ७७ बर्षिय ट्रम्प ,८१ बर्षिय राष्ट्रपति जो बाइडेन सँग आफ्नो उमेरको अन्तरलाई उजागर गर्न खोजेको सिएनएनले समाचारमा उल्लेख गरेको छ ।
२०२३ को सुरुदेखि हेली र उनका सहयोगीहरूले न्यू ह्याम्पशायरमा विज्ञापनमा करिब २८.६ मिलियन डलर खर्च गरिसकेका छन्, जबकि ट्रम्प र उनका सहयोगीहरूले करिब १४.४ मिलियन डलर खर्च गरेका छन्।
तर हालका हप्ताहरूमा, हेली र ट्रम्पको विज्ञापन बीचको खाडल कम भएको छ। नयाँ वर्षको सुरुवातदेखि हेली र उनका सहयोगीहरूले न्यू ह्याम्पशायरमा करिब ९ मिलियन डलर खर्च गरेका छन् भने ट्रम्प र उनका सहयोगीहरूले करिब ८.५ मिलियन डलर खर्च गरेका छन्।
ट्रम्पको अभियानले हेलीलाई न्यू ह्याम्पशायरमा गम्भीर खतराको रूपमा व्यवहार गरेको छ । उम्मेदवार आफैंले सामाजिक संजालमा र न्यूह्याम्पशर राज्यको एक भेलामा शृंखलाबद्ध आक्रमणहरूद्वारा स्पष्ट पारेका छन्।
ट्रम्पले साउथ क्यारोलाइना पूर्व गभर्नर हेलीलाई हतोत्साहित गर्दै र न्यु ह्याम्पशायरको दुई दिन अगाडि समर्थकहरूलाई आत्मसन्तुष्टि विरुद्ध चेतावनी दिए।
हामीलाई ठूलो अन्तर चाहिन्छ, ट्रम्पले म्यानचेस्टरमा एक भेलामा भने ।
तर डेढ घण्टा भन्दा बढी समय ट्रम्पले २०२० मा चुनावमा हराएको बारेमा विलाप गर्दै आफ्नो अभियानको केन्द्रविन्दु बनाएको प्रतिशोधपूर्ण सन्देश दिएको सिएनएनले जनाएको छ ।
जनवरी ६ ,२०२१ को उनले रक्षा गरे । सर्वोच्च अदालतमा पुन: दबाब दिँदै राष्ट्रपति जो बाइडेनको खिल्ली उडाए । सबैभन्दा ज्यादा हेलीलाई प्रहार गरे ।
“निक्की हेलीले कट्टरपन्थी डेमोक्रेटिक अभियान सञ्चालन गर्न कट्टरपन्थी डेमोक्र्याटिक पैसा प्रयोग गरिरहेकी छिन्,” ट्रम्पले भने। यो कस्तो रिपब्लिकन उम्मेद्वार हो भनि प्रश्न गरे ।
प्रतिक्रिया