अमेरिकाको ओरेगनको पोर्टल्यान्डमा हिमपात र हावाहुरीको कारण बिजुलीको तार खस्दा ३ जनाको मृत्यु भएको छ भने एक बालक घाइते भएका छन ।
गत बुधबार अडान( पार्किगॅ)मा राखिएको गाडी(कार)मा बिजुलीको खम्वा तार खस्दा हिमपात र हुण्डरीको कारण तीन जनाको मृत्यु र एक बच्चा घाइते भएको सिविएसन्यूजले जनाएको छ ।
अराजक स्थितिमा एक बासिन्दाले आफ्नो ज्यान बचाउनको लागि सडकमा लडिरहेका एक व्यक्तिबाट बच्चालाई समातेका थिए।
मारिएका तीन जनाहरुमा दुई वयस्क र एक किशोर रहेका थिए ।
अग्निनियन्त्रकहरू आउदा मानिसहरु मृत अवस्थामा फेला परेका थिए भने बच्चालाई अस्पताल लगिएको थियो।
प्रतिक्रिया