थाइल्याण्डको आतिशबाजी कारखानामा विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु

इनेप्लिज २०८० माघ ३ गते १२:२० मा प्रकाशित

थाइल्याण्डको आतिशबाजी कारखानामा विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।

मध्य थाइल्याण्डको एउटा आतिशबाजी भण्डारणमा विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

अपरान्ह ४ बजेतिर भएको विष्फोट के कारणले भयो भन्ने तत्काल खुल्न सकेको छैन । थाइल्याण्डको राजधानी बैंककको उत्तरमा रहेको सुफान बुरी प्रान्तमा बुधबार स्थानीय समयअनुसार बिहान ४ बजे भएको स्थानीय प्रहरीले जनाएको छ ।

“हामीले करिब १० जनाको मृत्यु भएको अनुमान गरेका छौं, हामी अझै पनि कारण र हताहतीको सही संख्याको अनुसन्धान गरिरहेका छौं,” प्रहरीका अधिकारी पिरापोज रावाङबर्नले सिएनएनलाई बताए ।

प्रहरीले यस क्षेत्र वरपरको आगो अहिले निभाइसकेको र उद्धारकर्मी र कानुनी अधिकारीहरूले भत्किएको कारखाना र वरपरका मानव अवशेषहरू निकाल्न काम गरिरहेको बताए।

गत वर्ष जुलाईमा दक्षिणी गाउँ मु नंमा रहेको एउटा आतिशबाजी गोदाममा भएको विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको थियो भने १२१ जना घाइते भएका थिए ।

प्रतिक्रिया