अन्तरास्ट्रिय नेपाली साहित्य समाजका संस्थापक-सदस्य नन्दा देबी सुबेदीको निधन

इनेप्लिज २०८० माघ ३ गते २:०८ मा प्रकाशित

ईनेप्लीज १६ जनवरी २०२४ वाशिंगटन डिसी – संसारका चौरासी मुलुकहरूमा १०० भन्दा बढ़ी च्याप्टरहरू भएको नेपाली भाषा साहित्यको अग्रणी संस्था “ अन्तरास्ट्रिय नेपाली साहित्य समाज “ का संस्थापक-सदस्य नन्दा देबी सुबेदीको भर्जिनियाको उड्ब्रिज स्थित सेन्तारा अस्पतालमा दु:खद निधन भएको छ । नन्दादेबी सुबेदी अन्तरास्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुबेदीका धर्म पत्नी हुनुहुन्थ्यो ।

भर्जिनियाका सकृय समाजसेवी ई० पुरू सुबेदी जेठा सुपुत्र हुन् , ई० प्रकास सुबेदी कान्छा सुपुत्र र एक मात्र छोरी हुन् डा० कल्पना सत्याल. आजभन्दा ३४ बर्ष पहिले, पुरू सुबेदी , प्रकास सुबेदी , कल्पना सत्याल , बासु सत्याल , मोहन थापा , सतीदेबी थापा , मुकेश , बिजय रेग्मी , भिम रेग्मी , नन्दा देबी सुबेदी हरूकै साथ र सहयोगले नै बरिस्ठ साहित्यकार होमनाथ सुबेदीले स्थापना गर्नुभएको संस्था अन्तरास्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) हाल: संसारभर फैलिएको छ । संस्थाको डिसी मेट्रो च्याप्टरले नन्दादेबी सुबेदीलाई “ अनेसास माता “ को संज्ञा दिएर अभिनन्दन पनी गरेको थियो । दिबंगत नन्दा देबी सुबेदीको पार्थिब शरिरको अन्त्यस्ठी-कार्यक्रम यसप्रकार तय गरिएको जेठा सुपुत्र पुरू सुबेदी र भाई भिम रेग्मीले जानाकारी गराएका छन् :

दाहसंस्कार हुने स्थान : Date : 17 January 2024 बुधबार Time : 1:00 PM स्थान : Miller Funeral Home & Crematory 3200 GOLANSKY Blvd. Woodbridge , VA 22192

प्रतिक्रिया