उड्दै गरेको अमेरिकाको युनाइटेड एयरलाइन्स(बिमानसेवा) नामक विमानको सम्भावित ढोका समस्याको बारेमा चेतावनी दिएपछि आपतकालीन अवतरण गरेको छ ।
युनाइटेड बिमानसेवाद्वारा संचालित एक विमानले फ्लोरिडाको ट्याम्पाको बिमानस्थलका प्रवक्ताका अनुसार चालक दलले ढोका- सूचक चेतावनी पाएपछि उडान छोटो पारेको थियो।
बिमानसेवाका अनुसार समस्या समाधान भए विमान पछि उडाईएको थियो ।
उक्त विमान ए३१९ भएको एबिसीन्यूजले समाचार लेखेको छ । गत हप्ता अलास्का बिमानसेवाको विमान पोर्टल्याण्ड ओरेगनबाट उडान भरेको केही समयपछि ढोका नै उडाएको थियो।
ट्याम्पा बिमानस्थल प्रवक्ताका अनुसार ढोकाको संकेतक बत्ती बलेको कारण विमान मोडिएको थियो ।
उक्त उडान सारासोटा फ्लोरिडाबाट शिकागोको लागि उडेको थियो भने सावधानीका रूपमा ट्याम्पा तर्फ मोडिएको थियो । उडान सकुशल अवतरण भयो र पछि समस्या सम्बोधन भएपछि पुनः प्रस्थान गरेको थियो ।
विमानमा १२३ यात्रु र ५ चालक दलका सदस्यहरू थिए र एक घण्टाभन्दा कम समयसम्म उडेको थियो।
प्रतिक्रिया