अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा लोकप्रिय गायिका तृष्णा गुरुङको प्रस्तुती हुने भएको छ । लर्ड बुद्ध इन्टरटेन्टमेन्टद्वारा प्रस्तुत हुने तृष्णा गुरुङको अमेरिकी सांगीतिक यात्रा पिएनएम इन्टरटेन्टमेन्टले गरेको हो । आगामी जनवरी १३ शनिबारका दिन उक्त कार्यक्रम हुने भएको छ ।
आयोजकले यस क्षेत्रमा बसोबास गर्नु हुने सबैलाई सहभागिताको लागी आह्वान गरेको छ । कार्यक्रम हेर्ने टिकट दर ३० डलर र विशिष्ट टिकटको लागि १०० डलर राखिएको छ ।
थप जानकारी लिन प्रविन लामा ,दिनेश कमली तथा प्रेम कमलीलाई सम्पर्क गर्न सकिने छ । कार्यक्रम त्यहाको फ्यामिली किचेन नामक चमेना गृह अर्थात् 4132 e joppa rd baltimore ,md 21234 मा हुनेछ ।
उक्त कार्यकममा पर्निमा आचार्य तथा रजल लामाको समेत प्रस्तुति हुनेछ ।
प्रतिक्रिया