अध्यावधिक गरिएको : जापानको पश्चिमी तटीय क्षेत्रमा सोमबार दिउँसो गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
साँझ ४ बजेर १० मिनेटमा ७.५ परिमाण (म्याग्निच्युड)को भूकम्प गएको हो । स्थानीय समय अनुसार यसको केन्द्रबिन्दु नोटो प्रायद्वीपमा, जापान सागरको छेउमा रहेको अमेरिकी भूगर्भ सर्वेक्षण तथ्याङ्कले जनाएको छ । भूकम्प ७.५ रेक्टर स्केल( मापन)को प्रारम्भिक रहेको युएसजीएस(अमेरिकी भूगर्भ सर्वेक्षण तथ्याङ्क)ले जनाएको छ ।
त्यस्तै जापानको मौसम विज्ञान सँस्था(एजेन्सी)ले प्रारम्भिक भूकम्प ७.६ परिमाणको भएको र यस क्षेत्रमा पराकम्पन सहित १०० भन्दा बढी झट्का पनि दिएको बताएको छ ।
जापानी अधिकारीहरूले प्रायद्वीप र वरपरको इशिकावा प्रान्तका लागि ठूलो सुनामी चेतावनी जारी गरेका थिए ।
अधिकारीहरूले तुरुन्तै मानिसहरूलाई उच्च भूमिमा जान निर्देशन दिएका थिए। प्रधानमन्त्री फुमियो किशिदाको कार्यालयले एक विज्ञप्ति जारी गरी वरपरका बासिन्दाहरूलाई तुरुन्तै खाली गर्न भनेको छ। मानिसहरूलाई तटीय क्षेत्रमा नजान र जलमार्गबाट टाढा रहन आग्रह गरिएको छ।
प्रमुख सुनामी चेतावनी क्षेत्र बाहिर, होन्शुको मुख्य टापु र पश्चिमी होक्काइडो टापुको सम्पूर्ण सी अफ जापान(जापानको समुन्द्र )तर्फ सुनामीको चेतावनी जारी गरिएको छ।
सोमबारको चेतावनी सन् २०११ पछि तोहोकुमा ९.० म्याग्निच्युड(परिमाण)को भूकम्प गएपछि विनाशकारी र घातक सुनामी छालहरू निम्त्याएपछि पहिलो पटक ठूलो सुनामीको चेतावनी जारी गरिएको हो।
प्रारम्भिक सुनामी छालहरू सोमबार साँझ जमिनमा प्रहार गर्न थालेका थिए। नोटो प्रायद्वीप र वरपरको इशिकावा र निगाटा प्रान्तहरूमा करिब १.२ मिटर पुगेका थिए।
टोकियोमा भूकम्पको धक्का महसुस गरिएको थियो भने यसले बिजुलीका खम्बा र बत्ती हल्लाउँदै गरेको सामाजिक संजालमा प्रकाशन भएका छन् ।
जापानको मौसम विज्ञान एजेन्सी(सँस्था)ले ९० मिनेटभित्र सबैभन्दा ठूलो सहित १ म्याग्निच्युड(परिमाण)भन्दा बढीका १९ थप भूकम्पहरू अभिलेखन (रेकर्ड) गरेको बताएको छ।
स्थानीय दूरदर्शन (टिभी)मा प्रसारण भएको श्रब्यदृश्य (भिडियो)मा भत्किएका मूर्तिहरू र भवनहरूमा क्षति पुगेको देखाइएको छ। एनएचकेका अनुसार धेरै घरहरू क्षतिग्रस्त र भत्किएका छन्।
जापानको होन्सु टापुको इशिकावा प्रान्तमा ४०,००० भन्दा बढी बिजुलीविहीन छन्। हजारौं मानिसहरूले सोमबार राती बाहिर बिताएका छन् ।
इशिकावाको वाजिमा शहरका अधिकारीहरूले भूकम्पको केन्द्रविन्दु नजिकै रहेको शहरको मध्यभागमा भएको आगलागीले बिहानको बजार हुने सडकमा रहेका ५० भन्दा बढी पसल र घरमा क्षति पुगेको देशको अग्नि प्रकोप व्यवस्थापन एजेन्सीले बताएको छ।
नोटो प्रायद्वीप नजिकैको मुख्य भूमिमा रहेका सहर कानाजावा र जोएत्सुमा थप आगो निभाइएको सँस्थाले जनाएको छ।
यस क्षेत्रमा तीब्र गतिमा चल्ने रेलगाडी (बुलेट ट्रेन)हरू स्थगित गरियो। जापान बिमानसेवा (एयरलाइन्स) र अल निप्पन एयरवेजले यस क्षेत्रमा र त्यहाँबाट उडानहरू रद्द गरेको बताइएको छ।
प्रतिक्रिया