पुष्पाको प्यासी विश्वका उत्कृष्ठ १० गीतमा समावेस

इनेप्लिज २०८० पुष १६ गते २३:११ मा प्रकाशित

गीतकार पुष्पा खनालको प्यासी बोलको गीत वल्र्ड गीतकार अवार्डले आयोजना गरेको विश्व गीत लेखन अवार्डमा उत्कृष्ठ १० मा पर्न सफल भएको छ । गीत वल्र्ड गीतकार अवार्डले डिसेम्बर ३१ मा उक्त जानकारी गराएको हो ।

विश्वभरीका गीतकारले भाग लिएको विश्व गीत लेखन अवार्डमा पप विधामा खनालको प्यासी गीत उत्कृष्ठ १० मा परेको हो । गीत वल्र्ड गीतकार अवार्डले गीत लेखन अवार्ड त्रैमासिक रुपमा आयोजना गर्ने गर्नु गदर्छ ।

सन् २०२३ को शरद ऋतुमा आयोजित विश्व गीत लेखन अवार्ड प्रतियोगितामा खनालले पहिलो पटक सहभागिता जनाएकी थिईन । यो मेरो पहिलो सहभागिता थियो, उत्कृष्ठ १० मा पर्न सफल भए । म निकै खुसी छु, गीतकार पुष्पाले भनिन ।

विगत दुई दशकदेखि गीत र कविता लेख्दै आएकी पुष्षाका दुई गीत संग्रह, दुई एल्बम र सयौं फुटकर गीत विभिन्न साहित्यीक र प्रमुख मिडियाका प्रकासित छन ।

प्रतिक्रिया