अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस काउन्टीको तटीय क्षेत्रमा नयाँ बर्ष कै दिन बिहान ४.१ परिमाण(म्याग्निच्युड)को भूकम्प गएको छ ।
लस एन्जलस काउन्टीको तटीय क्षेत्रमा सोमबार बिहान ४.१ रेक्टर स्केल(मापन)को भूकम्प गएको हो ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार रान्चो पालोस भर्डेसबाट ११ माइल दक्षिणमा ७ माइलको गहिराइमा बिहान ८:२७ बजे भूकम्प गएको बताइएको छ।
युएसजीएस संजालस्थल (वेबसाइट)का अनुसार लस एन्जलस काउन्टी क्षेत्रमा २,००० भन्दा बढी मानिसहरूले भूकम्पको धक्का महसुस गरेको सूचना गरेका छन्।
लस एन्जलस काउन्टी पर्यवेक्षक (सुपरवाइजर) जेनिस ह्यानले सामाजिक संजाल एक्समा भूकम्पको बारेमा यस्तो लेखिन : “के अरू कसैले महसुस गर्नु भयो ? मैले गरें!” धेरै मानिसहरूले प्रतिक्रिया दिए, उनीहरूले केही कम्पन र हल्का हल्लाउने महसुस गरेको लेखेका थिए ।
पालोस भर्डेस एस्टेट प्रहरी विभागका अनुसार उक्त क्षेत्रमा कुनै पनि क्षति वा चोटपटकको विवरण नआएको बताए ।
प्रतिक्रिया