अमेरिकामा रहेका नेपालीहरुले सन् २०२३ बर्षलाई बिदा गर्दै अंग्रेजी नयाँ वर्ष सन् २०२४ लाई हर्षोउल्लास सहित भब्य स्वागत गरेका छन् । अमेरिकाका बिभिन्न राज्य /शहरहरुमा बसोबास गर्ने नेपालीहरुले बिभिन्न राज्यहरुको भ्रमण ,मठ मन्दिरको दर्शन,सांगीतिक कार्यक्रममा सहभागिता ,पारिवारिक तथा साथीभाईहरुको जमघट तथा भेलामा सरिक हुँदै २०२३ लाई बिदा गर्दै नयाँ बर्ष सन् २०२४ लाई हृदय देखि नै स्वागत गरेका छन् ।
अधिकांशले नयाँ बर्ष २०२४ को आगमन संगै प्रतिबद्धता तथा संकल्प लिने गर्छन । नयाँ बर्ष २०२४ लाई स्वागत गर्दै २०२३ लाई बिदा गरेका तस्बिरहरु सामाजिक संजालमा अनगिन्ती राखिएका छन् ।
अमेरिकामा मात्र नभई यो पात्रो अनुसार चल्ने मुलुकहरु आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु भएको छ। आज विश्वभर एकआपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदैछ।
जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको शुरुवात भएको हो। यो अन्तर्राष्ट्रिय संवत भएकाले विदेशमा बसोबास गर्ने र अन्तर्राष्ट्रिय संघसंस्थामा काम गर्नेले यो पर्व विश्वभर मनाउने गर्छन्।
ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२३ को विदाई र नयाँ वर्ष २०२४ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रहरुको आयोजना गरी नयाँ वर्ष मनाइदै छ।
नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन छ। जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । अमेरिकाका विभिन्न राज्य तथा शहरहरुमा बसोबास गर्ने नेपालीहरुले नयाँ बर्ष २०२४ को पूर्वसन्ध्या ‘न्यू इयर इभ’ अर्थात् पूर्वसन्ध्यामा मध्य राती ठिक १२ बजे सम्म जाग्दै उत्साह उमङ्गको साथ स्वागत नयाँ बर्ष २०२४ लाई स्वागत गरेका छन् ।
बिश्व कै सम्राट राज्य न्यूयोर्क शहरको टाइम्स स्क्वारमा बिभिन्न राष्ट्र तथा अमेरिकाका बिभिन्न राज्यहरुबाट जम्मा भएकाले १२ बजे कटाई आ-आफ्नो घर प्रस्थान गरे । टाइम्स स्क्वारमा जताततै सांगीतिक कार्यक्रमको साथै बिभिन्न अमेरिकी मूलका संचारगृहहरुले साँझै देखि प्रत्यक्ष प्रसारण गरेका थिए ।
टाइम्स स्क्वारमा नयाँ बर्ष मनाउन लाममा लागेका त्यहाँ जम्मा भएका दर्शकहरु १५-१६ घण्टा देखि आफ्नो स्थान आरक्षित गर्न अगाडी बस्न आएका थिए । कोही रोमानिया र कोही फ्रान्स तथा कोही अन्य देशहरुबाट आएको संचारघरलाई उत्तर दिएका थिए । साथै त्यहाँ भएका केही जोडीले नयाँ बर्ष सुरु हुन साथ चुम्बन गरेको दृश्य र बढो हर्ष व्यक्त गरेका थिए ।
नयाँ बर्षलाई स्वागत गर्न न्यूयोर्क राज्यका नगर प्रमुख एरिक एडम्स माथि मंचमा चढी १ मिनेट हुँदा उल्टो गन्ति अर्थात् ६० -५९.… हुदै ९ ,८ , ७ , ६ ,५ , ४ , ३ , २ तथा १ गरे भए पछि ठीक १२ कटे पछि झिलिमिली तथा आतिशबाजी पड्काईएको थियो । नयाँ बर्षलाई भव्यताको साथ स्वागत गरियो ।
प्रतिक्रिया