तमु धीं भर्जिनियाले ऐतिहासिक रुपमा मनायो तमु ल्होछार

इनेप्लिज २०८० पुष १५ गते १९:५७ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापित तमु धीं भर्जिनियाले आफ्नो महान् पर्व ल्होछार २०८० विभिन्न सांस्कृतिक कार्यक्रमका साथ ऐतिहासिक रुपमा सम्पन्न गरेको छ ।

यो वर्ष हि ल्हो अर्थात बिरालो वर्गको बिदाई तथा मुप्री ल्हो अर्थात गरुड वर्गको शुरूवात भएको छ। तमु धीं भर्जिनियाले हरेक वर्ष पौष १५ मा ल्होछारलाई नै केन्द्रित गर्दै विशेष पर्वको रूपमा मनाउँदै आइरहेको छ ।

डिसी महानगर क्षेत्रको भर्जिनियाको मनासस शहरमा गत डिसेम्बर ३० शनिबारका दिन आयोजित “ मुप्रि ल्हो ल्होछार २०८० “ तमु धीं भर्जिनियाले सफलतापूर्वक सम्पन्न गर्न सफल भएको छ ।

जेष्ठ नागरिक राजु कुमारी गुरुङको सभापतित्वमा कार्यक्रम भएको थियो भने कार्यक्रममा शुभकामना क्रमस लामा गुरु भरत गुरुङ ,संरक्षक धन प्रसाद गुरुङ , बाल्टिमोर तमु समाजका अध्यक्ष दिनेश गुरुङ लगायतले गरेका थिए ।

त्यस्तै संरक्षक सदस्य तथा पूर्व अध्यक्ष सुरेन्द्र गुरुङले आजीवन सदस्यहरुलाई तथा थेलो बिजेतालाई सम्मान गरेका थिए । त्यस्तै एनआरएनए मेरिल्याण्ड शाखाका अध्यक्ष कुल कुमार गुरुङलाई सम्मान तथा उनले शुभकामना दिएका थिए ।

तमु धीं भर्जिनियाका सक्रिय अध्यक्ष नन्द कुमार गुरुङले धन्यबाद ज्ञापन गरेका थिए । औपचारिक कार्यक्रम पश्चात गुरुङ जातिको जातीय पहिरन लगाएर गुरुङ जातिको राष्ट्रिय गीत तथा सामूहिक रुपमा सेर्का प्रस्तुत गरिएको थियो ।

सांगीतिक कार्यकम अन्तर्गत नै केर्लोन गुरुङ तथा सूर्य गुरुङले नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै नेपाली एकल गीत मलाई चौबंधी चोलीले गीतमा क्रिस्टल गुरुङले नृत्य तथा रीता श्रेष्ठले बनमा फुल्यो फुलैमा गीत प्रस्तुत गरेका थिए ।

नेपाली लोक धुनमा बासुरी ,मादल ,गितार र खैजरीको साथमा धन ब गुरुङ ,बिदुर गुरुङ ,कुमन गुरुङ ,उमेश गुरुङ र हेमन्त गुरुङले बेजोड प्रस्तुती दिएका थिए ।

यसै गरि कौडा सामूहिक नृत्यमा सुनिता गुरुङ,चन्द्र कु गुरुङ ,चुन्नु गुरुङ तथा भावना गुरुङले यो लाली जोवन सोल्टी राजालाई भन्ने गीतमा अद्वितीय प्रस्तुती गरेका थिए ।

गुरुङ युगल जोडीमा अलिशा गुरुङ तथा मनु गुरुङले नृत्य गरेका थिए । त्यस्तै माया गुरुङ तथा कुमन गुरुङले गलवन्धि चिनो शीर्षकको गीतमा नृत्य प्रस्तुत गरेका थिए । उक्त सांस्कृतिक कार्यक्रममा शान्ति गुरुङ तथा प्रतिमा श्रेष्ठले माया बोकी आयो रमाई भन्ने गीतमा सुन्दर प्रस्तुति दिन सफल भएका थिए ।

राजु मानन्धरले हिजो राती सपनी नामक गीतमा एकल मिश्रित नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको लगभग अन्त्यमा सिरै लाउने सिरफूल नामक गीत सामूहिक रुपमा प्रस्तुतिको साथै रोशन राजकले चर्चित गीत मायाको डोरीले प्रस्तुती दिएका थिए ।

सांगीतिक कार्यकम पश्च्यात डिजे कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा शुभकामना तथा बधाई दिने अतिथिहरुले विदेशी भूमिमा भाषा, संस्कृति र परम्परा जोगाउनको लागि तमु धी भर्जिनियाले खेलेको भूमिका तथा संस्थाको कामको प्रशंसा गरेका थिए ।

विदेशी भूमिमा ल्होछार कार्यक्रम गरेर गुरुङहरुको संस्कार र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नु पर्ने र उनीहरुलाई सिकाउनु पर्ने कुरामा अतिथिहरुले जोड दिए ।

कार्यक्रममा स्वागत मन्तब्य ल्होछार पर्वका संयोजक बिन्ती कुमार गुरुङले गरेका थिए । त्यस्तै दोश्रो चरणको साँस्कृतिक कार्यक्रम संचालन बिन्ति कुमार गुरुङ तथा मीना गुरुङले गरेका थिए ।

प्रतिक्रिया