अमेरिकाको राजधानी वाशिंगटन डिसी क्षेत्रको सकृय संस्था तमु धीं भर्जिनियाको आयोजनामा भएको “ तमु ल्होछार “ भब्यताकासाथ सम्पन्न भएको छ ।
राजधानी वाशिंगटन डिसी नजिकै भर्जिनियाको मनासस शहरमा यही डिसेम्बर ३० तारिख शनिबार सॉझ आयोजित “ मुप्रि ल्हो – ल्होछार २०८० “ माभब्य उद्घाटन समारोह , गुरूंग संस्कृति झल्कने बहुतै आकर्षक सॉस्कृतिक कार्यक्रम , रात्रिभोज र डिजे सहितको नाचगान भोलीपल्ट बिहान सम्म चलेको थियो ।
ल्होछारमा प्रस्तुत गुरूंग संस्कृतिका झलकहरू र उपस्थित सबै गुरूंग , गुरूंगसेनीहरूको गुरूग पहिरनले अमेरिकामा पनि स्यॉग्जाको दरम् शिरूबारी ,कास्कीको घान्द्रुक र लमजुंगको राईनास् गुरूंग गाउंहरूको झल्को लाग्दथ्यो ।
आफ्नो गुरूंग समुदायको संस्कृति नदेखेका गुरूंग युवा युवतीहरू , बच्चामै अमेरिका ल्याईएका र अमेरिकामै जन्मेका गुरूंग बालबालिकाहरूलाई यो ल्होछार कार्यक्रमले बहुतै राम्रो शिक्षा दिन सफल भएको छ ।
“ मुप्रि ल्हो – ल्होछार २०८० “ भब्यकाकासाथ सम्पन्न भएकोमा आयोजक संस्था “ तमु धीं भर्जिनिया “का अध्यक्ष नन्द कुमार गुरूंगको सकृय टिमलाई बधाई छ ।
…खेम भट्टचन
प्रतिक्रिया