गत शनिबार अर्थात् डिसेम्बर ३०,शनिबार राती खुलेको अमेरिकी पावरबल नामक चिट्ठा फेरी कसैलाई नपरे पछि रकम वृद्धिको साथै आगामी सोमबार नयाँ बर्ष २०२४ मा फेरि खुल्ने भएको छ । गत शनिबार उक्त उक्त चिट्ठाको कूल रकम ७६० मिलियन बिलियन डलर पुगेको थियो । शनिबार सबै अङ्क कसैको पनि नमिले पछि अब उक्त पावरबल चिट्ठा बिजेता हुने अबको महाभाग्यशालीले ८१० मिलियन डलर घर ल्याउने छन् ।
गत शनिबार खोलिएको चिट्ठाका अङ्कहरु क्रमस १०,११,२६ ,२७ ,३४ सेतो बल (भकुण्डो) तथा ७ अङ्क रातो बल(भकुण्डो) रहेको थियो । कसैले पनि ६ अङ्कहरु पुरै नमिलाएको कारण अब नयाँ बर्ष २०२४ का दिन सोमबार खुल्ने छ । र ,बिजेताले ८१० मिलियन डलर प्राप्त गर्ने पावरबल व्यवस्थापनले जनाएको छ ।
तर बिजेताले नगद लिन चाहेमा ४०८. ९ मिलियन डलर प्राप्त गर्ने छन् ।
यद्यपि २ वटा टिकटहरुका खरिदकर्ताले सबै ५ अङ्क मिलाएका कारण २ मिलियन अर्थात् २० लाख डलर जितेका छन् । २० लाख जनही जित्नेहरुमा टेक्सस र वेष्ट भर्जिनिया परेका छन् ।
यसैगरी कोलोराडो ,न्यूयोर्क ,ओहायो ,साउथ क्यारोलाइना र टेनेसीमा सबै ५ अङ्क मिलाएकोले उनीहरुले १ मिलियन अर्थात् १० लाख डलर जितेका छन् ।
चिट्ठा विजेताहरूले तत्काल सबै नगद एकमुष्ट वा २९ वर्षमा ३० वार्षिक भुक्तानीहरूमा पैसा लिन सक्छन्। अहिले सम्म कै सबैभन्दा ठूलो चिट्ठा नोभेम्बर २०२२ मा क्यालिफोर्नियाका एक बिजेताले २.०४ बिलियन डलर जितेका थिए ।
पावरबल चिट्ठा ४५ राज्यका साथै वाशिंगटन डिसी, पुर्टो रिको र युएस भर्जिन टापुहरूमा समेत खेलिन्छ।
प्रतिक्रिया