ट्रम्पद्वारा कागजातविहीन आप्रवासीहरूलाई लागूऔषध,अपराधी,गिरोह सदस्य र आतंककारीहरूको संज्ञा दिदै कीर्तिमानी अमेरिका भित्रिएको आरोप

इनेप्लिज २०८० पुष १५ गते २:०९ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको नेभादामा कागजातविहीन आप्रवासीहरूलाई लागूऔषध,अपराधी,गिरोह सदस्य र आतंककारीहरूको संज्ञा दिदै कीर्तिमानी रुपमा उनीहरु अमेरिका भित्रिएको आरोप लगाए । वाशिंगटन पोष्टका अनुसार उनले आप्रवासीहरूलाई अमानवीय तुच्छ भाषा प्रयोग गरेको जनाएको छ ।

ट्रम्पले कागजात नभएका आप्रवासीहरूलाई संयुक्त राज्य अमेरिकामा “आक्रमण” गरेको आरोप लगाए। नेभादाको रेनोमा आयोजित एक चुनावी अभियान कार्यक्रमको क्रममा ट्रम्पले राष्ट्रपति जो बाइडेनको धज्जी उडाए ।

भाषण दिने क्रममा आप्रवासीहरूको बारेमा उनले भने ,यो एक आक्रमण हो। यो एक सैन्य आक्रमण जस्तै हो । “लागूऔषध, अपराधी, गिरोह सदस्य र आतंककारीहरू हाम्रो देशमा कीर्तिमानी स्तरमा अमेरिका पसेका छन्। हामीले यो जस्तो कहिले देखेका छैनौं। तिनीहरूले हाम्रा शहरहरू कब्जा गर्दैछन्। ”

ट्रम्पले दोस्रो कार्यकालको लागि अधिनायकवादी एजेन्डा(कार्यसुची) अगाडी बढाएको वाशिंगटन पोष्टले जनाएको छ । ट्रम्पले एक भाषणमा र सामाजिक संजाल मा प्रकाशन (पोष्ट) गर्दै आप्रवासीहरुले देशको “रगतमा विषाक्त” गरेको आरोप लगाए।

उनले प्रयोग गरेको उक्त भाषाले केही नागरिक अधिकार अधिवक्ताहरू र आप्रवासी समूहहरूमा चिन्ता पैदा गरेको छ भने धेरैले हिटलरसँग तुलना गरेका छन्।

अध्यागमन बाइडेनका लागि कमजोर राजनीतिक क्षेत्र बनेको छ। गत डिसेम्बर १८ आइतवारको दिन आफ्नो भाषणमा ट्रम्पले दोस्रो कार्यकालमा “अमेरिकी इतिहासमा सबैभन्दा ठूलो निर्वासन कारवाही ” गर्ने कुरा दोहोर्याए। अर्थात् राष्ट्रपति चुनिएमा देश निकाला गरिने संकेत दिए ।

ट्रम्पले दोस्रो कार्यकालको लागि कडा अध्यागमन नीतिहरूलाई आगाडी सारेका छन् । सीमा गुप्तचारहरूले गत आर्थिक वर्ष दक्षिणी सीमामा करिब २० लाख गिरफ्तार गरेका थिए, जुन अक्टोबर १, २०२२ देखि सेप्टेम्बर ३० सम्म चलेको थियो ,जुन अघिल्लो वर्षको तुलनामा केही कम हो।

हिरासतमा लिइएका मध्ये लगभग ३७ प्रतिशत आमाबाबु तथा बच्चाहरू थिए, जसमा नाबालिगहरू एक्लै यात्रा गरिरहेका थिए ।

ट्रम्पले लामो समयदेखि कागजातविहीन आप्रवासीहरूलाई अपमानजनक भाषा प्रयोग गर्दै आएका छन्। ट्रम्पले सन् २०१६ को राष्ट्रपतिको दौडमा मेक्सिकोका गैरकानुनी आप्रवासीहरूलाई “बलात्कारी” को संज्ञा दिएका थिए भने उनीहरुलाई “लागू पदार्थ” र “अपराध” ल्याए भनि आरोप लगाएका थिए ।

नेभादामा भएको आफ्नो भाषणमा ट्रम्पले फेरि एक पटक देशलाई अन्धकार र अशुभ शब्दमा चित्रण गरे भनि वाशिंगटन पोष्टले उल्लेख गरेको छ ।

यदि दोस्रो कार्यकालका लागि निर्वाचित भएमा ट्रम्पले सुरक्षा फेरि पुनर्स्थापित गरिने बताए । सुरक्षा फेरि पुनर्स्थापित भएमा अमेरिकी परिवारहरु निर्धक्क साथ कही पनि घुम्न जान सक्नेछन् भनि विश्वास दिलाए ।

प्रतिक्रिया