युक्रेनी गोलाबारीमा २० रुसी नागरिकको मृत्यु तथा १११ जना घाइते

इनेप्लिज २०८० पुष १४ गते २३:४७ मा प्रकाशित

रुसको बेलगोरोड शहरमा शनिबार युक्रेनी आक्रमणमा परी दुई बालबालिकासहित कम्तीमा २० जनाको मृत्यु भएको र अन्य १११ जना घाइते भएको रुसको आपतकालीन अवस्था मन्त्रालयले जनाएको छ ।

आपतकालीन मन्त्रालयलाई उद्धृत गर्दै रुसी सरकारी समाचार संस्था टासका अनुसार बेलगोरोडको मुख्यमा बजार भएको “ठूलो” आक्रमणको परिणाम हो।

“कीभ शासनले अग्रपङ्क्तिमा भएका पराजयहरूबाट ध्यान हटाउन र हामीलाई यस्तै कारबाही गर्न उक्साउन खोजिरहेको छ।” रूसी रक्षा मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ ।

आक्रमणपछि रुसले संयुक्त राष्ट्र सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाउन अनुरोध गरेको संयुक्त राष्ट्रसंघका लागि रुसका प्रथम उप-स्थायी प्रतिनिधि डिमीट्री पोल्यान्स्कीले शनिबार बताए ।

शनिबारको गोलाबारी पछि रुसले गत बिहीबार राति शुक्रवारदेखि युक्रेनमा आफ्नो पूर्ण-व्यापी आक्रमणको शुरुवात पछिको सबैभन्दा ठूलो हवाई आक्रमण गरेपछि कम्तिमा ४० जनाको मृत्यु र १५० भन्दा बढी घाइते भएका थिए।

सीमा नजिकैको रुसी क्षेत्रहरूमा युक्रेनी आक्रमणहरू एक वर्ष भन्दा बढीको लागि लगभग दैनिक जारी छन् । तर यो अहिलेसम्म दिइएको विवरणमा सबै भन्दा घातक घटनाहरू मध्ये एक हुनेछ भनि सिएनएनले बताएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बेलगोरोडमा भएको आक्रमणको बारेमा जानकारी गराइएको क्रेमलिनले जनाएको छ र प्रभावितहरूलाई सहयोग गर्न स्वास्थ्य मन्त्रालयको टोली र आपतकालीन मन्त्रालयका उद्धारकर्ताहरूलाई शहरमा पठाउन आदेश दिएको छ।

गोलाबारीका कारण करिब ४० नागरिक संरचनामा क्षति पुगेको छ भने जसमा १० वटा आगो निभाइएको छ ।

रुसी अधिकारीहरूका अनुसार बेलगोरोडमा शुक्रबार राति पनि गोलाबारी भएको थियो जसमा एक नागरिकको मृत्यु भएको क्षेत्रका गभर्नर व्याचेस्लाभ ग्लाडकोभले भने। १ बालकसहित ४ जना घाइते भएको उनले बताए ।

शनिबार रुसको ब्रायनस्क क्षेत्रमा युक्रेनी गोलाबारीको परिणाम स्वरूप एक बालकको पनि मृत्यु भएको क्षेत्रका गभर्नर अलेक्जेन्डर बोगोमाजले बताए।

रुसको रक्षा मन्त्रालयले शनिबार टेलिग्राम पोस्ट(संचार माध्यम )मा जनाए अनुसार ब्रायान्स्क, ओरियोल, मर्स्क र मस्कोको रुसी क्षेत्रहरूमा उड्ने ३२ युक्रेनी मानव रहित यान नष्ट गरेको बताएको छ।

युक्रेनले घटनाका बारेमा सार्वजनिक रूपमा टिप्पणी नगरेको सिएनएनले उल्लेख गरेको छ ।

प्रतिक्रिया