हमासबाट उत्प्रेरित भएका न्यू जर्सीका एक व्यक्तिले अमेरिकामा आक्रमण गर्ने धम्की दिए पछि केन्यामा पक्राउ गरी अमेरिका ल्याइयएको छ ।
२३ वर्षीय करेम नासरलाई केन्यामा पक्राउ गरी अमेरिका ल्याइएको एबिसीन्यूजले जनाएको छ ।
इजरायलमा अक्टोबर ७ हमासको आक्रमणबाट उत्प्रेरित न्यू जर्सीका नासरले “अमेरिका र यसका सहयोगीहरू विरुद्ध हिंसक जिहाद गर्न आफूलाई समर्पित गरेको र विदेशी आतंकवादी समूहमा सामेल हुन खोजेको न्यूयोर्कका संघीय अभियोजकहरूले शुक्रबार बताए ।
२३ वर्षीय करेम नसरलाई यस महिनाको सुरुमा केन्यामा गिरफ्तार गरिएको थियो । अल-कायदासँग सम्बद्ध सोमालियामा रहेको आतंककारी समूह अल-शबाबलाई भौतिक सहयोग प्रदान गर्ने प्रयास गरेको आरोपको सामना गर्न न्यूयोर्कमा ल्याइएको थियो।
नासरलाई शुक्रबार पछि म्यानह्याटन संघीय अदालतमा संघीय न्यायाधिश (मजिस्ट्रेट )समक्ष उपस्थित हुने अपेक्षा गरिएको छ।
नासरले इजिप्टबाट केन्या सम्म सम्मिलित हुन र प्रशिक्षणको लागि यात्रा गरे। नासर जिहादी कारणलाई समर्थन गर्न मार्न र मारिन तयार थिए र आफ्नै शब्दमा उनले अमेरिकालाई ‘दुष्ट’ र ‘सर्पको टाउको’ भनेर वर्णन गरेको अमेरिकी अधिवक्ता डेमियन विलियम्सले एक वक्तब्यमा भने।
आपराधिक उजुरी अनुसार नासर जुलाईमा इजिप्टबाट न्यु जर्सीमा सरेका थिए । बारम्बार अल-शबाबमा सामेल हुने इच्छा व्यक्त गरे जसलाई उनले अल-शबाब सहयोगी ठानेको थियो, तर जो वास्तवमै एफबीआईको गोप्य स्रोत थियो भनि एबिसीन्यूजमा उल्लेख गरेको छ ।
नासर विशेष गरी इजरायलमा अक्टोबर ७ हमासको आक्रमणबाट प्रेरित भएका थिए । हालसालै सार्वजनिक सामाजिक सञ्जाल प्रकाशन (पोष्ट)हरूमा नासरले हवाईजहाज, बम र आदी इत्यादी राख्दै गर्दै “जिहाद” “तपाईहरुको नजिकैको अमेरिकी स्थानमा छिट्टै आउँदैछ” भनि चेतावनी दिएका थिए ।
संघीय अधिकारीहरूका अनुसार नासर डिसेम्बर १४ मा इजिप्टबाट केन्या उडेका थिए। अभियोजकहरूले केन्याका अधिकारीहरूले उनलाई हिरासतमा लिनु अघि उनले सोमालियामा पारवहन (ट्रान्जिट) गर्ने योजना बनाएको बताए।
लरेन्सभिल, न्यु जर्सीका नासरलाई एक विदेशी आतंकवादीलाई भौतिक सहयोग उपलब्ध गराउने प्रयास गरेको अभियोग लगाइएको छ।
प्रतिक्रिया