अमेरिकाको मिनेसोटाको एक तालमा बरफको ठूला टुक्रा छुट्टिएर बग्न थाले पछि फसेका १०० भन्दा बढी माझीहरूको उद्धार

इनेप्लिज २०८० पुष १४ गते १२:५४ मा प्रकाशित

अमेरिकाको मिनेसोटाको एक तालमा बरफको ठूला टुक्रा छुट्टिएर बग्न थाले पछि फसेका १०० भन्दा बढी माझीहरूको उद्धार गरिएको छ ।

प्रहरीका अनुसार कसैलाई पनि चोटपटक नलागेको बताएको छ । उत्तरी मिनेसोटा तालमा बरफ टुक्रिएर बग्न थाले पछि गत शुक्रबार साँझ १०० भन्दा बढी माछा मार्नेहरूलाई उद्धार गरिएको प्रहरीले जनाएको छ।

बेल्ट्रामी काउन्टी शेरिफको कार्यालयले माथिल्लो लाल ताल(रेड लेक)को मुख्य किनारबाट बरफ टुक्रिएर अलग हुँदा १२२ जना माछा मार्ने फसेको बताएको छ।

मिनेसोटा प्राकृतिक संसाधन विभागका अनुसार माथिल्लो रातो ताल (रेड लेक )मिनेसोटाका सबै आन्तरिक तालहरूमध्ये सबैभन्दा ठूलो हो।

आपतकालीन प्रतिक्रियाकर्ताहरू घटनास्थलमा आइपुग्नु अघि एक प्रत्यक्षदर्शीले डुङ्गाद्वारा निकासीमा सहयोग गर्ने प्रयास गरे।

उद्धार प्रयासको क्रममा ४ जना पानीमा खसे तर तिनीहरूलाई सुरक्षित रूपमा तैरिरहेको हिउँमा फिर्ता ल्याइएको एबिसीन्यूजले जनाएको छ । साथै उनीहरुलाई माछा मार्ने आश्रयमा न्यानो पारिएको प्रहरीले जनाएको छ। ती चारजना उद्धार गरिएका मध्ये पहिलो थिए।

प्रहरीका अनुसार उद्धारबाट कुनै क्षति नभएको बताइएको छ ।

प्रतिक्रिया