टेक्ससले हजारौ हजार शरणार्थीहरूलाई गाडीबाट न्यूयोर्क, शिकागो र डेनभर प्रमुख शहरहरूमा धमाधम पठाउँदै

इनेप्लिज २०८० पुष १४ गते १२:२४ मा प्रकाशित

टेक्सस राज्यले हजारौ हजार शरणार्थीहरूलाई गाडीबाट प्रमुख शहरहरू न्यूयोर्क, शिकागो र डेनभरमा धमाधम पठाई रहेको सिएनएनले उल्लेख गरेको छ ।

टेक्ससबाट हजारौंको संख्यामा आप्रवासीहरूलाई पठाई रहेकोले न्यूयोर्क, शिकागो र डेनभरका नगर प्रमुखहरू चिन्तित भएका छन् । टेक्सस प्रति आक्रोश व्यक्त गरेका छन् ।

गत हप्ता टेक्ससबाट आप्रवासीहरूको १४ वटा बस(यात्रीयान)हरू न्यूयोर्क शहरमा पुगेका थिए । अर्थात् टेक्ससका गभर्नरले जबर्जस्ती पठाएका थिए

गत बर्षको वसन्त २०२२ भन्दा उच्च रहेको नगर प्रमुख एरिक एडम्सले बताए ।

टेक्ससका रिपब्लिकन दलका गभर्नर ग्रेग आबोटको निर्देशनमा ९०,००० भन्दा बढी आप्रवासीहरूलाई अप्रिल २०२२ देखि वाशिंगटन डिसी, न्यूयोर्क शहर, शिकागो, फिलाडेल्फिया, डेनभर र लस एन्जलस जस्ता डेमोक्र्याटहरूका ज्यादा नेताहरुको बहुमत र नेताहरु भएका शहरहरू मा पठाएका थिए ।

गत बुधवार एडम्सले एक कार्यकारी आदेशमा हस्ताक्षर गरे जसमा शरणार्थीहरूलाई शहरमा लैजाने सबै आरक्षित गाडी (बस)हरूलाई आप्रवासीहरूलाई कहिले र कहाँ छोड्ने भन्ने विषयमा नियमन गर्ने दिशानिर्देशहरूको पालना गर्न आवश्यक छ, र उनीहरूको आगमनको अग्रिम लिखित सूचना आवश्यक छ भनि जारी गरेका थिए ।

प्रतिक्रिया