रुसद्वारा युक्रेनमा पूर्ण मात्रामा आक्रमण सुरु गरेयताकै सबैभन्दा ठूलो हवाई आक्रमण ,कम्तिमा १८ जनाको मृत्यु

इनेप्लिज २०८० पुष १३ गते १२:१० मा प्रकाशित

रूसले युक्रेनमा पूर्ण-व्यापी आक्रमणको सुरुदेखि नै सबैभन्दा ठूलो हवाई आक्रमण सुरु गरेको छ ।

युक्रेनी सेनाले सिएनएनलाई अभूतपूर्व संख्यामा मानवरहित यान (ड्रोन)र क्षेप्यास्त्र (मिसाइल)हरू देशभरका लक्ष्यहरूमा प्रहार गरेको बताए ।

सिएनएनका अनुसार कम्तिमा १८ जनाको मृत्यु र दर्जनौं घाइते भएका छन् ।

आक्रमणको लहर शुक्रबार रातिदेखि सुरु भएको र राजधानी कीभमा साथै मध्य शहर डिनिप्रो, पूर्वी शहर खार्किभ, ओडेसाको दक्षिणपूर्वी बन्दरगाह र पश्चिमी सहरमा रहेको प्रसूति अस्पतालमा विष्फोटहरू भएको छ ।

युक्रेनको वायुसेनाका प्रवक्ता युरी इहनातले राष्ट्रिय दूरदर्शन(टेलिभिजन)लाई भने, हामीले सबै क्षेत्र र सबै दिशाहरूमा हाम्रा निगरानीहरूमा शत्रुका धेरै लक्ष्यहरू देखेको लामो समय पछि यस्तो आक्रमण भएको छ ।

रुसले आवाज भन्दा पनि छिटो चल्ने क्षेप्यास्त्र ,पोतबिहार क्षेप्यास्त्र (क्रुज मिसाइल )र इरानी शाहेद मानव रहित यान लगायत १५८ तथा क्षेप्यास्त्रहरू देशको पूर्व, दक्षिण र पश्चिममा कीभमा लक्षित आक्रमण गर्न प्रयोग गरेको युक्रेनको वायुसेनाले जनाएको छ।

“आज शत्रुले ठूलो प्रहार गरेको छ। ”इहनतले थपे।

कीभमा रुसले रेल चौकी (मेट्रो स्टेशन) र आवासीय भवनलाई निशाना बनाएपछि कम्तीमा ३ जनाको मृत्यु भएको छ भने २५ जना अस्पतालमा भर्ना भएका सहित २८ जना घाइते भएका छन् ।

कीभका नगर प्रमुख भिटाली क्लित्सकोले शेभचेन्किभस्की जिल्लाको क्षतिग्रस्त गोदामको भग्नावशेषबाट चार जनालाई निकालिएको र उद्धार कार्य जारी रहेको बताए।

खार्किभमा “ठूलो आक्रमण” भएको अस्पताल सहित यस क्षेत्रमा २० भन्दा बढी आक्रमणहरू भएका छन् । आक्रमणमा परी कम्तीमा३ जनाको मृत्यु भएको र ११ जना घाइते भएको क्षेत्रीय सैन्य प्रशासन प्रमुख ओलेह सिनेहुबोभले बताए ।

दक्षिणी जापोरिझियामा कम्तीमा चार जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

प्रतिक्रिया