इरानले इजरायलको मोसाद(गुप्तचर सेवा )सँग सम्बन्ध रहेको आरोपमा चार जनालाई मृत्युदण्ड

इनेप्लिज २०८० पुष १३ गते ११:४७ मा प्रकाशित

इरानले इजरायलको मोसाद अर्थात् गुप्तचर सेवासँग सम्बन्ध रहेको आरोपमा चार जनालाई मृत्युदण्ड दिएको छ ।

तेहरान, इरान – इजरायलको मोसाद सुरक्षा सेवासँग कथित सम्बन्ध रहेको आरोपमा इरानले शुक्रबार चार जनालाई मृत्युदण्ड दिएको छ भने अरू धेरैलाई कारागार सजाय सुनाएको छ।

देशको न्यायपालिकासँग सम्बद्ध समाचार संजालस्थल (वेबसाइट )मिजानले तीन पुरुष र एक महिलालाई शुक्रबार बिहान मृत्युदण्ड दिइएको बताएको छ। मृत्युदण्ड पाएका पुरुषहरुमा क्रमस वाफा हनारेह, अराम ओमारी, रहमान परहाजो तथा महिलामा नसिम नमाजी रहेका छन् ।

प्रतिवेदनले मृत्यु कसरी भयो भन्ने बारेमा नबताएको एबिसीन्यूजले जनाएको छ । तर इरानले सामान्यतया फाँसी लागू गर्दछ।

चारै जनालाई गुप्तचर जानकारी निकाल्न धेरै इरानी सुरक्षा बलहरू अपहरण गरेको आरोप लगाइएको मिजानले जनाएको छ । उनीहरूलाई इरानका केही गुप्तचरहरूको गाडी तथा आवासगृह (कार र अपार्टमेन्ट)मा आगजनी गरेको आरोप पनि लगाइएको थियो।

प्रतिवेदनमा जनाईए अनुसार एउटै समूहसँग काम गर्ने प्रत्येकलाई १० वर्षको कारागार सजाय सुनाइएको थियो ।

सिरियामा इजरायलको कथित हवाई आक्रमणमा एक उच्च पदस्थ इरानी जनरल मारिएको एक हप्ताभन्दा कम समयपछि यो घटना भएको हो।

इरान र इजरायलले लामो समयदेखि एकअर्कालाई जासुसी गरेको आरोप लगाउँदै आएका छन्। इरानले यस महिनाको सुरुमा इजरायली मोसाद जासूसलाई गोप्य सूचना जारी गरेको आरोपमा मृत्युदण्ड दिएको बताएको छ।

प्रतिक्रिया