अस्ट्रियाको ग्राज शहरस्थित एक उच्च विद्यालयमा मंगलबार भएको गोलीकाण्डमा किशोर किशोरीसहित आठ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। अस्ट्रियाको आन्तरिक मन्त्रालयले सिएनएनलाई मृतकहरूमा १४ देखि १८ वर्ष उमेर समूहका बालबालिका पनि समावेश रहेको पुष्टि गरेको छ। आक्रमणकारी पनि मृत फेला परेका छन् । विद्यालयलाई सुरक्षित गरिएको मन्त्रालय र अस्ट्रियाली प्रहरीले बताएका छन्।
स्थानीय समय अनुसार बिहान करिब १० बजे (४ बजे अमेरिकी पूर्वीय समय ) शहरको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक विद्यालयमा “धेरै” गोली चलेको खबर आएपछि अधिकारीहरू घटनास्थलमा पुगेका थिए।
घटनास्थलमा धेरै सवारी साधन र एउटा प्रहरी उदग्रबिमान (हेलिकप्टर )परिचालन गरिएको थियो। विद्यालय खाली गराइएको थियो र क्षेत्रलाई सुरक्षित गरिएको थियो, थप खतराको अपेक्षा नगरिएको प्रहरीले सामाजिक सञ्जालमा जनाएको छ।
अस्ट्रियाका चान्सलर क्रिश्चियन स्टकरले गोलीकाण्डप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना लेखेका छन् । अधिकांश मध्य युरोपेली देशहरूमा जस्तै अस्ट्रियामा पनि बन्दुक हिंसा दुर्लभ छ। हालैका वर्षहरूमा त्यहाँ थोरै संख्यामा उच्च-स्तरीय हिंसात्मक घटनाहरू भएका छन्। गत अक्टोबरमा, उत्तरी अस्ट्रियाली शहरका नगर प्रमूखको गोली हानी हत्या गरिएको थियो, साथै अर्का एक पीडितको पनि मृत्यु भएको थियो।
गत फेब्रुअरीमा, एक २३ वर्षीय पुरुषले दक्षिणी अस्ट्रियामा पाँच जना यात्रुहरूलाई छुरा प्रहार गरेका थिए जसलाई प्रहरीले अनियमित आक्रमण भनेको थियो।
प्रतिक्रिया