युक्रेनमा रुसी आक्रमणको त्रासदी: ओडेसामा प्रसूति अस्पतालमाथि हमला, जेलेन्स्कीको अमेरिका तथा विश्व समुदायलाई तत्काल कदम चाल्न आग्रह

इनेप्लिज २०८२ जेठ २८ गते १०:४९ मा प्रकाशित

एबिसीन्यूज ,सिएनएन,बिबिसी लगायतका अनुसार मंगलबार बिहानसम्म युक्रेनको ओडेसा शहरमा भएको पछिल्लो रुसी मानव रहित आक्रमण र क्षेप्यास्त्र (मिसाइल )आक्रमणमा कम्तीमा दुई जनाको ज्यान गएको छ। रातभरि युक्रेनभरि भएको यो भीषण आक्रमणले फेरि पनि ठूलो क्षति पुर्‍याएको छ।

युक्रेनको वायुसेनाले टेलिग्राममा प्रकाशन (पोस्ट )गर्दै रुसले कूल ३२२ वटा मानव रहित यानद्वारा देशमा प्रहार गरेको जानकारी दिएको छ । त्यसमा ३१५ वटा मानव रहित यान( ड्रोन) र सात क्षेप्यास्त्र (मिसाइल)हरू समावेश छन्। युक्रेनी वायुसेनाले २७७ वटा मानव रहित यन (ड्रोन )र सबै सात क्षेप्यास्त्र( मिसाइल)हरूलाई खसालेको वा निष्क्रिय पारेको बताएको छ।

किभको सैन्य प्रशासनले कम्तीमा चार जना घाइते भएको जनाएको छ। “धेरैजसो क्षति नागरिक पूर्वाधारमा पुगेको छ,” प्रशासनले टेलिग्राममा लेखेको छ।

ओडेसामा दुई जनाको मृत्यु भएको र नौ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्। कालो सागर सी तटीय शहरमा प्रसूति अस्पताल र आपत्कालीन चिकित्सा केन्द्र सहितका भवनहरूमा पनि आक्रमण भएको अधिकारीहरूले जनाए।

अग्रपंक्ति नजिकै, पूर्वी डोनेट्स्क क्षेत्रमा तोपखानाको गोला र मानव रहित यान आक्रमणबाट तीन जनाको मृत्यु भएको र आठ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताए। दक्षिणी शहर खेरसनमा पनि एक जनाको मृत्यु भएको र आठ जना घाइते भएको स्थानीय अधिकारीहरूले जानकारी दिए।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा प्रकाशन गर्दै किभ, ओडेसा, निप्रो र चेर्निहिभ क्षेत्रहरूलाई निशाना बनाइएको बताए। रुसको बमबारीमा कम्तीमा दुई उत्तर कोरियाली निर्मित प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालिस्टिक मिसाइल)हरू पनि समावेश रहेको उनले बताए ।

“आवासीय भवन र शहरी पूर्वाधारमा क्षति पुगेको छ,” जेलेन्स्कीले लेखे, “ओडेसामा प्रसूति अस्पताल पनि रुसी निशाना बन्यो। तेह्र जना घाइते भएका छन्। दुःखको कुरा, ज्यान गुमाउनेहरू पनि छन्। पीडित परिवारप्रति मेरो समवेदना छ।”

जेलेन्स्कीले आफ्नो वक्तब्यमा जोड दिदै भने, “यस र यस्तै अन्य रुसी आक्रमणहरूको जवाफ विश्वको मौनता नभई ठोस कार्य हुनुपर्छ।”

अमेरिकाले एक्सन अर्थात् कार्य गर्न र रुसलाई शान्तिमा बाध्य पार्ने शक्ति भएको उनले कदम चाल्न आग्रह गरेका छन् । उनले विश्वभरका सबैलाई कूटनीति र युद्धको अन्त्यको लागि आह्वान गरे ।

युक्रेनले पनि रातभर आफ्नो मानव रहित यान (ड्रोन )आक्रमण अभियान जारी राखेको रुसको रक्षा मन्त्रालयले जनाएको छ। रुसी सेनाले सोमबार राति र मंगलबार बिहान १०३ वटा युक्रेनी मानव रहित यन (ड्रोन) खसालेको रुसी मन्त्रालयले टेलिग्राममा प्रकाशित गर्दै बताएको छ ।

सोमबार रातिको आक्रमणहरू रुसी सेनाले युक्रेनभरि ४७० भन्दा बढी आक्रमण ड्रोनद्वारा क्षेत्रहरूलाई निशाना बनाएको २४ घण्टापछि आएको हो ।

यसअघि गत सोमबार, रुस र युक्रेनले टर्कीको इस्तानबुलमा भएको शान्ति वार्तामा भएको सम्झौतापछि बन्दी आदानप्रदानको पहिलो चरण सम्पन्न गरेका थिए।

प्रतिक्रिया