ट्रम्प टोलीले २०२० को चुनावलाई उल्टाउन अन्तिम समय सम्म डिसीमा गरेको नक्कली निर्वाचक प्रमाणपत्रहरू सिएनएनद्वारा सार्वजनिक

इनेप्लिज २०८० पुष १२ गते २३:३७ मा प्रकाशित

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प टोलीले २०२० को चुनावलाई उल्टाउन अन्तिम समय सम्म डिसीमा गरेको नक्कली निर्वाचक प्रमाणपत्रहरूका बिबरणहरु सिएनएनले प्राप्त गरेको र यसलाई सार्वजनिक गरेको छ । साथै सिएनएनले अभिलेखन (रेकर्डिङ) तथा बिधुतिय डाक(इमेल)हरु उनले कसरी २०२० को चुनावलाई उल्टाउन गरेको प्रयासको समेत प्रकाशन गरेको छ ।

सिएनएनका अनुसार जनवरी ६ विद्रोहको दुई दिन अघि निर्वाचित राष्ट्रपति जो बाइडेनलाई पदभार ग्रहण गर्नबाट रोक्न नक्कली मतदाताहरू प्रयोग गर्ने ट्रम्प अभियानको योजना असफल हुन् पुग्यो । दुई महत्वपूर्ण युद्धभूमि राज्यहरूका नक्कली निर्वाचक प्रमाणपत्रहरू मेल(बिधुतिय डाक) मा अड्किएको समेत सिएनएनले जनाएको छ ।

ट्रम्पको अभियानका संचालकहरूले मिशिगन र विस्कन्सिनबाट डिसीमा नकली प्रमाणपत्रहरूको प्रतिलिपिहरू उडाउन कुरियर(निजी संचालित बाहक )हरूको साथै कांग्रेसका दुई रिपब्लिकनहरूको सहयोगमा भर परेका थिए ।

कागजातहरू तत्कालका उप राष्ट्रपति माइक पेन्सले इलेक्टोरल कलेज ( निर्वाचक मण्डल )को प्रमाणीकरणको अध्यक्षता गरेका थिए।

सिएनएनद्वारा प्राप्त बिधुतिय डाक तथा अभिलेखन (इमेल र रेकर्डिङ)हरू अनुसार क्रियासिल व्यक्तिहरूले जनवरी ६ , २०२१ को लागि फाइलहरू वाशिंगटन डिसीमा पुग्ने सुनिश्चित गर्न बिमान आरक्षित (जेट चार्टर )गर्ने विचार गरेका थिए ।

नक्कली निर्वाचक योजना पूर्व राष्ट्रपति विरुद्ध विशेष सल्लाहकार ज्याक स्मिथको आपराधिक अभियोगमा प्रमुख रूपमा देखाइएको छ। यसमा संलग्न केही अधिकारीहरूले स्मिथका अन्वेषकहरूसँग कुरा गरेका छन्।

सिएनएनका अनुसार ट्रम्प अभियानका एक शीर्ष वकिल पेन्सलाई नक्कली निर्वाचक प्रमाणपत्रहरू प्रदान गर्ने बारे अन्तिम समय सम्म छलफलमा भाग लिएका थिए।

प्रतिक्रिया