हमासद्वारा अपहरणमा परेकी इजरायली-अमेरिकी बन्धकलाई अक्टोबर ७ मा मारिएको पुष्टी 

इनेप्लिज २०८० पुष १२ गते १७:५६ मा प्रकाशित

हमासद्वारा अपहरण गरिएकी इजरायली-अमेरिकी बन्धकलाई अक्टोबर ७ मै मारिएको पुष्टी भएको छ ।

 इजरायली-अमेरिकी जुडी वाइन्स्टिनलाई अक्टोबर ७ मा मारिएको दक्षिणी इजरायलको एक किबुट्जले बिहीबार घोषणा गरेको छ।

७० वर्षको उमेरमा वाइन्स्टिनको मृत्यु भइसकेको र उनको शव अझै हमासले राखेको किबुट्ज नीर ओजले भने।

वाइन्स्टिनसँग इजरायल, अमेरिका र क्यानडाको नागरिकता थियो। अक्टोवर ७ मा बन्धक बनाएर घाइते भएकी थिइन् ।

उनका पति गाड हग्गाई, जो ७३ वर्षका थिए ।  डिसेम्बर २२ मा मृत घोषित गरिएको थियो । उनको शव पनि हमासले अझै पनि राखेको सिएनएनले जनाएको छ ।

हमासको हिरासतमा वाइन्सटाइनको मृत्युको अर्थ हमासको नियन्त्रणमा रहेका अमेरिकी महिलाहरू बाँकी छैनन्। 

अब ६ जना अमेरिकीहरू मध्ये सबै पुरुषहरू र अझै पनि कैदमा छन् भन्ने विश्वास गरिन्छ। कुल ४  अमेरिकी महिला रिहा भएका छन्।

प्रतिक्रिया