अमेरिकाको पेन्सिलभेनियाको एलेनटाउन(शहर)मा बुधबार १९३० देखिको वर्षाको किर्तिमान तोडियो

इनेप्लिज २०८० पुष १२ गते १२:२४ मा प्रकाशित

अमेरिकाको पेन्सिलभेनियाको एलेनटाउन(शहर)मा बुधबार १९३० देखिको वर्षाको किर्तिमान तोडिएको छ ।

गत बुधवार पेन्सल्भेनिया र डेलावेयरका धेरै क्षेत्रहरूमा दैनिक अभिलेख तोडिएका छन् । रातभरी र बिहीबार बिहान समेत आएको भारी वर्षाले उत्तरपूर्वीको धेरैजसो भागलाई असर परेको छ ।

फिलाडेल्फिया, न्यूयोर्क र न्यू हेभनमा बिहीबार बिहान केही घण्टासम्म भारी वर्षा भइरहेको छ ।

मध्य-एट्लान्टिक राज्यहरूमा धेरै क्षेत्रहरूले बुधवार दैनिक कीर्तिमानी वर्षा अभिलेख गरेको छ । एलेनटाउन पेन्सिलभेनियामा लगभग २.०५ इन्च वर्षा भयो। सन् १९३० मा १.५५ इन्च वर्षाको अभिलेख कायम गरिएकोमा गत बुधबार २.०५ कीर्तिमानी बर्ष हुँदै त्यो अभिलेखलाई तोडेको छ

साथै दुई अन्य पेन्सिलभेनिया क्षेत्रहरूले बुधबार आफ्नो अभिलेख तोडेका छन् । माउन्ट पोकोनोको वर्षाले १.४९ इन्च पुग्यो भने त्यसले सन् २०११ ले कायम गरेको १.३९ इन्च वर्षाको अभिलेखलाई समेत उछिनेको छ ।

प्रतिक्रिया