मिनेसोटाकी एउटी महिलाले दन्त चिकित्सकले एउटै दाँत जाँचमा ३० भन्दा बढी प्रक्रियाहरू गरेपछि मुद्दा दायर

इनेप्लिज २०८० पुष १२ गते १२:०४ मा प्रकाशित

मिनेसोटाकी एउटी महिलाले दन्त चिकित्सकले एउटै दाँत जाँचमा ३० भन्दा बढी दाँतका प्रक्रियाहरू गरेपछि मुद्दा दायर

अमेरिकाको मिनेसोटा राज्यकी एउटी महिलाले दन्त चिकित्सकमा जाँच गराउन जाँदा एउटै भेट( एपोइन्टमेन्ट)मा दाँतका जाँचमा ३० भन्दा बढी दाँतका प्रक्रियाहरू गरेपछि मुद्दा दायर दायर गरेकी छिन ।

उनको भनाई अनुसार ४ वटा रुट क्यानल (दाँतको जरा उखल्ने) ,दाँतमा ८ वटा क्राउन(आवरण लगाउने), २० वटा फिलिङ (भर्ने )समावेश गरेको भन्दै महिलाले दन्तचिकित्सक विरुद्ध मुद्दा हालेकी हिन ।

इडेन प्रेरी शहरमा रहेको दन्त्य चिकित्सालयले एउटै अपोइन्टमेन्ट(जाँच प्रक्रिया)मा ३० भन्दा बढी प्रक्रियाहरू गरेपछि आफू विकृत भएको दाबी गर्दै मुद्दा दायर गरेकी हुन् ।

हेन्नेपिन काउन्टी जिल्ला अदालतमा दन्त चिकित्सक केभिन मोल्ड्रेम र मोल्ड्रेम पारिवारिक दन्तचिकित्सा विरुद्ध गत हप्ता दायर गरिएको देवानी मुद्दामा, क्याथलीन विल्सनले मोल्ड्रेमको “लापरवाही काम” लाई ठीक गर्न अन्य दन्त चिकित्सक कहाँ जानुपर्ने दाबी गरिन् । जसले गर्दा उनको ” महत्त्वपूर्ण चोटपटक” भएको बताएकी छिन ।

विल्सनले मोल्ड्रेमले जुलाई २०२० मा एउटै भ्रमणमा ३२ वटा काम गरेको सिएनएनले जनाएको छ । मुद्धाका अनुसार मोल्ड्रेमले विल्सनलाई एनेस्थेसिया ((निस्चेतना )पनि गरेको थियो । सिफारिश गरिएको भन्दा ज्यादा मात्रा बेहोस बनाउने पदार्थ प्रयोग गरिएको उनको दाबी छ ।

विल्सनका वकिल नथानिएल वाइमरले बताए अनुसार उनीहरूले फ्लोरिडा विश्वविद्यालयमा संकायमा सेवा गर्ने दन्तचिकित्सक डा अव्रम गोल्डस्टेनलाई विल्सनको अभिलेख समीक्षा गर्न विशेषज्ञ साक्षीको रूपमा राखेका थिए ।

गोल्डस्टेनले विल्सनको मुख भित्रको “प्रत्येक दाँत” क्षय भएको थियो। गोल्डस्टेनले विल्सनको लागि मोलेड्रेमको उपचार गलत भएको बताए ।

गोल्डस्टेनले आफ्नो प्रतिवेदनमा विल्सनमा प्रयोग गरिएको एनेस्थेसिया मोल्ड्रेमको मात्रा “सुरक्षित मानिने भन्दा बढी थियो।”

उनले क्षतिपूर्तिमा ५० हजार डलरको माग गरेकी छिन ।

प्रतिक्रिया