कोलोराडोका रिपब्लिकनद्वारा अमेरिकी सर्वोच्च अदालतलाई २०२४ मतपत्रबाट ट्रम्पलाई अयोग्य ठहराउने निर्णयलाई उल्टाउन आग्रह

इनेप्लिज २०८० पुष १२ गते ०:३६ मा प्रकाशित

कोलोराडो रिपब्लिकन पार्टी(दल)ले अमेरिकी सर्वोच्च अदालतलाई कोलोराडोको २०२४ को मतपत्रबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हटाउने अभूतपूर्व कोलोराडो राज्यको सर्वोच्च अदालतको फैसलालाई उल्टाउन आग्रह गरेको छ।

कोलोराडो रिपब्लिकन पार्टी(दल) ट्रम्पलाई आगामी मार्चको प्राथमिक (प्राइमरी निर्वाचन)मतपत्रमा समावेश गर्ने आफ्नो अधिकार जोगाउन लडिरहेको छ। ट्रम्पले अझै आफ्नो अपील दायर गरेका छैनन। छिट्टै उनले दायर गर्ने अपेक्षा गरिएको सिएनएनले जनाएको छ ।

अपील गर्ने म्याद जनवरी ४ मा म्याद सकिने छ ।

प्रतिक्रिया