संघीय अदालतद्वारा अस्थायी रुपमा एप्पल घडी प्रतिबन्धलाई अपील गर्न रोक

इनेप्लिज २०८० पुष ११ गते २३:३० मा प्रकाशित

संघीय अदालतले एप्पल वाच ( घडी) प्रतिबन्धलाई अपील गर्न रोक लगाएको छ ।

संघीय पुनरावेदन अदालतले अस्थायी रूपमा एप्पलको पछिल्लो स्मार्टवाच(गतिशील घडी) हरुमा व्यापक आयात प्रतिबन्धलाई रोकेको छ ।

पेटेन्ट ( एकस्व) सम्बन्धी बिवाद परे पछि यो लफडा आएको हो ।

एप्पलले गत मंगलबार अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोगको निर्णयमा आपतकालीन अपील प्रस्ताव दायर गरेको थियो जुन यो हप्तादेखि लागू भएको थियो।

त्यो आईटिसी आदेशले एप्पललाई एप्पल घडी समूह ९ र एप्पल घडि अल्ट्रा २ र अन्य नयाँ ढाचा मध्ये संयुक्त राज्य अमेरिकामा आयात गर्नबाट रोकेको थियो ।

ह्वाइट हाउसले क्रिसमसको दिनको अन्त्यसम्म प्रतिबन्ध हटाउने समय थियो तर अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन ताईको कार्यालयले मंगलबार एक विज्ञप्तिमा व्हाइट हाउसले हस्तक्षेप नगर्ने पुष्टि गरेको सिएनएनले जनाएको छ ।

प्रतिक्रिया