अमेरिकाका बिभिन्न राज्यहरुमा १ फुट भन्दा ज्यादा हिमपात भएको छ । कैयौ राज्यहरुमा हिमपात हुने चेतावनीको साथै सतर्क रहन आह्वान गरिएको छ ।
एबिसीन्यूजले जनाए अनुसार कोलोराडो, साउथ डकोटाका केही क्षेत्रमा बिशाल हिमपात भएको छ ।
साउथ डकोटा र कोलोराडोका क्षेत्रहरूमा बुधवार बिहान १ फिट भन्दा बढी हिउँ परेको छ । त्यस्तै अमेरिकाकै अन्य राज्यहरु वायोमिङ, नेब्रास्का र कान्सास धेरै पछि हिमपात भएको छ ।
साउथ डकोटामा केही क्षेत्रमा १४ इन्चभन्दा बढी परेको छ भने कोलोराडोमा १३ इन्च हिउ परेको छ । वायोमिङ र नेब्रास्का प्रत्येकमा लगभग ११ इञ्च र क्यानससका भागहरूमा लगभग ८.५ हिमपात भएको छ ।
बुधबार बिहान नर्थ डकोटामा १७,००० भन्दा बढी ग्राहकहरू बिजुलीविहीन भएका छन् । तेज हावाले दक्षिण डकोटादेखि नेब्रास्का, पश्चिमी क्यान्सस ,वायोमिङ र कोलोराडोसम्म हिउँ बगाउन जारी राख्ने अपेक्षा गरिएको छ।
कोलोराडोमा ७१ माइल प्रतिघण्टाको गतिमा हावा चलेको थियो। उत्तर र साउथ डकोटामा क्रमशः ६७ र ६३ माइल प्रतिघण्टाको गतिमा हुरी चलिरहेको थियो ।
मिनेसोटादेखि नर्थ डकोटासम्मको आधा इन्चसम्मको बरफले रूखहरू र बिजुलीका खम्बाहरू छोपेको छ।
यो हिमपात बुधबार, डिसेम्बर २७ ,२०२३ सम्म जारी रहनेछ। त्यस्तैडिसी महानगर क्षेत्रमा बुधबार बिहान र न्यूयोर्क शहरमा दिउँसो भारी वर्षाको सम्भावना छ।
प्रतिक्रिया