“विश्वका राष्ट्रिय गान” नेपाली दूतावासलाई उपहार

इनेप्लिज २०८० पुष ११ गते १:५८ मा प्रकाशित

२६ डिसेम्वर २०२३, वाशिंटन डिसी

अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीलाई नेपाल वांगमय फाउण्डेसनद्वारा प्रकाशित “ विश्वका राष्ट्रिय गान” पुस्तक फाउण्डेसनका तर्फबाट साहित्यकार गोविन्द गिरी प्रेरणाले हस्तान्तरण गरेका छन् ।

सो अवसरमा राजदूत खत्रीले सो पुस्तकको प्रकाशन सम्बन्धमा तथा अमेरिकामा रहेका नेपाली साहित्यकार र लेखनप्रति चासो राख्नु भएको तथा नेपाली साहित्यकारहरू अमेरिकी साहित्यकारहरूसंग घुलमिल हुनुपर्ने धारणा राख्नु भएको गोविन्द गिरी प्रेरणाले बताए । साथै सो पुस्तक दूतावासको पुस्तकालयमा राखिने समेत राजदूतले वताएका थिए ।

“ विश्वका राष्ट्रिय गान” पुस्तकमा संयुक्त राष्ट्र संघले मान्यता दिएको विश्वका १९५ देशका राष्ट्रिय गानको नेपाली भाषामा अनुवाद गरी प्रकाशन गरिएको छ ।

स्मरणीय छ, अमेरिकाको राष्ट्रिय गान अनुवादमा प्रेरणा समेत संलग्न रहेका थिए ।

प्रतिक्रिया