अमेरिकाको टेक्ससमा नेपालीद्वारा संचालित एचडिएनपी अन्तरराष्ट्रियद्वारा कम्मल तथा शयनथैली(स्लिपिङ्ग ब्याग) वितरण

इनेप्लिज २०८० पुष ११ गते ०:२९ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यमा नेपालीद्वारा स्थापित तथा संचालित हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल )ले घरबार बिहिनलाई जाडोमा न्यानो कम्मल तथा शयनथैली(स्लिपिङ्ग ब्याग) वितरण गरेको छ ।

आज डिसेम्बर २४ मंगलबारका दिन एचडीएनपी इन्टरनेसनलले टेक्सस राज्यको फोर्टवर्थमा २०० वटा शयनथैली र कम्मल वितरण गरेको देवी डेविड आचार्यले ईनेप्लिजलाई बताए । सफलतापुर्वक वितरण गरिनुको साथै आगामी डिसेम्बर २९ का दिन आर्लिंगटन क्षेत्रमा समेत पुन: २०० वटा कम्मल वितरण गरिने आचार्यले जानकारी दिए ।

धेरै घरबारविहीन मानिसहरु अत्यन्तै खुसी हुनुको साथै धन्यबाद दिएका थिए ।

एचडीएनपी इन्टरनेसनलको मुख्य उद्धेश्य घरबारविहीन मानिसहरूलाई मद्दत गर्नुको साथै खाँचोमा परेकाहरूलाई सहयोग गर्नु हो । हामी यो चिसो मौसममा घरबार बिहिनहरुलाई मद्दत गर्न पाउदा हामी हर्षित छौ ।

हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) सन् २०१२ मा अमेरिकी सरकारको गैर मुनाफा सामाजिक संस्थामा दर्ता भएको संस्था हो । स्थापना काल देखि अमेरिकाको टेक्ससको आर्लिंगटन ड्यालस क्षेत्र वरपर प्रशस्त घरबार बिहिन र मागेर जीविका चलाउने दुखीहरूलाई त्रैमासिक रूपमा खाना खुवाउँदै आई रहेको छ ।

साथै त्रैमासिक रुपमा रक्तदान समेत गर्दछ । हालसालै नेपाल पुगेका आचार्यले मुसर वस्तीमा समेत बालबालिकाहरुलाई सहयोग गरेका थिए । गत थ्यांक्सगिभिङ्ग अर्थात् धन्यवाद दिवसको सेरोफेरोमा घरबार बिहिनलाई बिशेष खाना समेत खुवाएको छ ।

प्रतिक्रिया