बिश्व कै सर्वाधिक धनाढ्य व्यक्ति तथा सामाजिक संजाल एक्सका प्रमुख इलन मस्कले आफ्ना कर्मचारीलाई प्रतिज्ञा गरिएको लाभांश रोके पछि अदालतमा मुद्धा परेको छ ।
उनले कर्मचारीलाई प्रतिज्ञा गरिएको अतिरिक्त लाभांश रोकोको आरोपमा उनले अब अदालतमा लडाईको सामना गर्नुपर्ने भएको सिएनएनले जनाएको छ ।
उनीहरूलाई प्रतिज्ञा गरेको लाभांश तिर्न असफल भएको आरोप लगाएपछि एक संघीय न्यायाधीशले शुक्रबार मुद्दा खारेज गर्न एक्सको प्रस्ताव अस्वीकार गरे।
एक्स लाई अर्बपति एलोन मस्कद्वारा अक्टोबर २०२२ मा नेतृत्व पछि कर्मचारीहरूलाई वार्षिक लाभांश (बोनस) तिर्न असफल भएको आरोप लगाइएको छ। कर्मचारीहरुलाई कार्यकारीहरूले बारम्बार आश्वासन दिए पनि लाभांशमा अल्झाएका थिए ।
यो मुद्धा सान फ्रान्सिस्को संघीय अदालतमा मार्क शोबिन्गरले दायर गरेका थिए । उनि क्षतिपूर्तिको वरिष्ठ निर्देशक थिए ।
प्रतिक्रिया