अमेरिकी सेनाले एरबिल सैनिक हवाई अड्डामा हमलापछि इराकमा विद्रोहीहरू विरुद्ध हवाई आक्रमण गरेको छ ।
अघिल्लो दिन एर्बिल हवाई अड्डामा हमला गरेपछि हवाई आक्रमण भएको हो। अमेरिकी सेनाले इराकमा काताइब हिज्बुल्लाह जो एक इराकी अर्धसैनिक समूह जसलाई हिजबुल्लाह सैनिक गण नामले चिनिन्छ । रक्षा विभागले जारी गरेको विज्ञप्ति अनुसार यसका सम्बद्धहरूले क्रिसमसको राती इराकमा रहेका सुविधाहरूमा धेरै हवाई आक्रमणहरू गरे पछि अमेरिकाले आक्रमण गरेको हो ।
रक्षा सचिव लोयड अस्टिनले राष्ट्रपति जो बाइडेनको निर्देशनमा र यस क्षेत्रमा गठबन्धन सेनाहरू विरुद्ध समूहहरूले गरेको आक्रमणको जवाफमा आक्रमणहरू गरिएको बताए।
ती आक्रमणहरू मध्ये एक पहिले डिसेम्बर २५ मा एर्बिल एयर बेस(सैनिक हवाई अड्डा )मा भएको थियो, जसमा तीन अमेरिकी कर्मचारीहरू घाइते भएका थिए। रक्षा सचिवको एक विज्ञप्ति अनुसार हवाई अड्डा आक्रमणको परिणाम स्वरूप एक सेवा सदस्य गम्भीर अवस्थामा घाइते भएका छन् ।
राष्ट्रपति र म संयुक्त राज्य अमेरिका, हाम्रो सेना र हाम्रो हितको रक्षा गर्न आवश्यक कारबाही गर्न हिचकिचाउने छैनौं,” उनको वक्तब्यमा भनिएको छ । हामी यस क्षेत्रमा द्वन्द्व बढाउन खोज्दैनौं, हामी हाम्रा जनता र हाम्रा सुविधाहरूको रक्षा गर्न थप आवश्यक कदमहरू चाल्न प्रतिबद्ध र पूर्ण रूपमा तयार छौं ,उनले थपे ।
सेनटमद्वारा प्रारम्भिक मूल्याङ्कनका अनुसार लक्षित सुविधाहरू ध्वस्त भएका थिए भने त्यहाँ कुनै पनि नागरिकहरू प्रभावित भएको कुनै संकेतहरू नदेखिएको बताईएको छ ।
“यी आक्रमणहरू इराक र सिरियामा गठबन्धन सेनाहरूमा आक्रमणका लागि प्रत्यक्ष रूपमा जिम्मेवार तत्वहरूलाई जवाफदेही बनाउन र आक्रमण जारी राख्ने उनीहरूको क्षमतालाई कमजोर पार्ने उद्देश्यले गरिएको हो । ,” र, “हामी सधैं हाम्रो सेनाको रक्षा गर्नेछौं।” अमेरिकी केन्द्रीय सेनाका सेनापति माइकल एरिक कुरिल्लाले एक विज्ञप्तिमा भने।
राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले राष्ट्रपतिलाई आक्रमणको बारेमा तुरुन्तै जानकारी दिइएको बताए ।
प्रतिक्रिया