वाशिंगटन डिसी क्षेत्रको सकृय संस्था तमु धीं भर्जिनियाको आयोजनामा आगामी डिसेम्बर ३० शनिबारका दिन भर्जिनियाको मनाससमा हुन गईरहेको “ तमु ल्होछार “ को भब्य तयारी भईरहेको तमु ल्होछारका संयोजक बिन्ती कुमार गुरूंगले जानकारी गराएका छन् ।
गुरुङहरुको महान पर्व अर्थात नयॉं वर्ष ( तमु ल्होछार ) पौष १५ अब नजिकिंदैछ । तमु ( गुरुङ ) जातिको १२ वटा बर्गहरु मध्ये यस वर्ष बिरालो बर्ग ( ह्यु ल्हो ) लाई बिदाई गर्दै नयॉं बर्ग मु-प्र्हिल्हो ( गरुड वर्ग ) लाई स्वागत गरी आफ्नै मौलिक पहिचान सहितको गुरुङ भेषभुषामा सजिएर , मौलिक गीत संगीतमै नाच्दै, गाउँदै, रमाईलो गर्दै, मिठो स्वादिष्ट परिकारहरु खाई एक आपसमा शुभकामना आदनप्रदान गर्दै धुमधामले मनाईने यो राष्ट्रिय पर्व आजकल नेपालमा मात्र नभई संसारको कुना कुनामा जहॉं जहॉं रोजगार र बसाई सराईको सिलसिलामा गुरुङहरु पुगेका छन्, ती सबै ठाउँहरुमा गुरुङहरुले मात्र नभई गैर गुरुङहरु समेत पुरै गुरुङ पहिरनमा सजिएर एक-आपसमा मितव्ययी एवं पारस्परिक सदभावका साथ यो पर्व मनाईरहेको पाईन्छ, जुन अति नै खुशी र गर्वको कुरा पनि हो ।
यही तमु ल्होछारको अवसर पारेर अमेरिकाको राजधानी वासिङटन डिसी क्षेत्र वरपर बस्नुहुने गुरुङहरुको एकदमै सक्रिय र लामो इतिहास बोकेको पवित्र संस्था तमु धीं भर्जिनियाले पनि एकदम भव्य तरिकाले तमु ल्होछार मनाउने धुमधाम तयारी गरी रहेको छ । जसका लागि कार्यसमिति सदस्य तथा सॉंस्कृतिक फॉंट सम्हाल्दै आईरहनु भएको समाजका आजीवन सदस्य बिन्ती कुमार गुरुङलाई ल्होछार मूल आयोजक समितिको संयोजकको गहन जिम्मेवारी सुम्पिएको छ । त्यसैगरी वहॉंकै मातहातमा अन्य बिधामा पनि बिभिन्न उप- समितिहरु गठन गर्दै बिभिन्न ब्यक्ति , व्यक्तित्वहरुलाई फरक फरक काम, कर्तव्य र भूमिका निर्धारण गरिएको छ । जस अनुसार सॉंस्कृतिक उप समिति संयोजकद्वय भावना गुरुङ र माया गुरुङ, टिकट, प्रशंसा पत्र, प्रमाणपत्र तयारी उप समितिमा भूतपुर्व अध्यक्ष तथा सल्लाहकार सुरेन्द्र गुरुङ र डिगम्बर गुरुङ, त्यसैगरी क्याटरिङ व्यवस्थापनमा गत वर्ष झैं रोयल नेपाल बिष्ट्रोका संचालक तथा समाजका उपाध्यक्ष तिलक गुरुङलाई जिम्मेवारी सुम्पिएको छ ।
अन्य उप समितिहरुमध्येकै मन्च सजावट र अतिथि सत्कारमा समाजका अध्यक्ष नन्द कुमार गुरुङको संयोजकत्वमा उपाध्यक्ष तिलक गुरुङ, संरक्षक सदस्य तथा सल्लाहकार धन गुरुङ, संरक्षक सदस्य प्रेम गुरुङ र सचिव थमन गुरुङलाई जिम्मेवारी दिईएको छ । त्यसैगरी स्वयमसेवकको गहन भूमिका निर्वाह गर्न समाजका यूवासमूहलाई निर्देशन दिईएको छ । जसमा उमेश गुरुङ, गोविन गुरुङ, सुरज गुरुङ, गोपाल गुरुङ, जीवन गुरुङ, नरेश गुरुङ, राजु गुरुङ, असिम गुरुङ लगायत अन्य हुनुहुन्छ । हलको प्रवेश द्वारमा टिकट व्यवस्थापनको लागि पूर्ण गुरुङको संयोजकत्वमा डेऊ कुमार गुरुङ र सिद्दीजङ गुरुङलाई जिम्मेवारी सुम्पिएको छ । मिडिया समन्वय र प्रचार प्रसारको लागि समाजका अध्यक्ष नन्द कुमार गुरुङ र ल्होछार मूल आयोजक समिति संयोजक बिन्ती कुमार गुरुङलाई कार्यभार सुम्पिएको छ । स्टेजमा र कार्यक्रमको पहिलो रो-मा बस्नुहुने अतिथिलाई खदा लगाई स्वागत र सत्कार गर्ने महत्वपूर्ण जिम्मेवारीको लागि समाजको सक्रिय आजीवन सदस्य याङचुङ पुनेल गुरुङको संयोजकत्वमा समाजका अन्य दिदीबहिनीहरु आशा गुरुङ, रीता गुरुङ र मनमती गुरुङलाई महत्वपूर्ण कार्यभार सुम्पिएको छ । ल्होछार कार्यक्रमको टिकट दर प्रतिव्यक्ति $४० तोकिएको छ भने १० वर्ष मूनिका बालबच्चाहरुलाई निशूल्क प्रवेश रहनेछ ।
यसपटकको ल्होछार कार्यक्रममा यहॉंहरुले गुरुङ भाषाको मौलिक गीत, संगीत, नृत्यहरुको भरपूर मनोरन्जन प्राप्त गर्न सक्नुहुनेछ । गुरुङ समाजमा प्रचलित लोकप्रिय मौलिक नाचहरु कृष्णचरित्र, सोरठी, घॉंटु, कौरा, स्यर्ग नाचहरु को विशेष प्रस्तुतीहरु सहित स्वादिष्ट नेपाली परिकारहरु र तातो तातो सेलरोटीको मजा लिन सक्नुहुनेछ । सेलरोटी व्यवस्थापनको लागि समाजका सक्रिय दिदी बहिनीहरु याङचुङ पुनेल गुरुङ, मनमती गुरुङ, कोषाध्यक्ष चन्द्र कुमारी गुरुङले जिम्मेवारी लिनुभएको छ ।अघिल्लो वर्षहरुमा भन्दा यसपटक ईच्छा हुनेहरुको लागि भनेर हार्ड ड्रिक्स र सफ्ट ड्रिक्सको लागि कार्यक्रम स्थलमै छुट्टै बारको पनि व्यवस्था मिलाई दिएको छ । कार्यक्रमको उत्तरार्धमा अन लिमिटेड डिजेको पनि व्यवस्था गरिएको छ ।
यसर्थ तमु धीं भर्जिनिया परिवारसँग गहिरो आस्था, बिश्वास राख्नुहुने र समाजलाई असाध्यै माया गर्नुहुने सम्पूर्ण तमु तथा गैर तमु नेपाली बुबाआमा, दाजुभाई तथा दिदीबहिनीहरु, जो वासिङटन डिसी महानगर वरपर बस्नुहुन्छ, यहॉंहरु सबैलाई सो दिनको उक्त ल्होछार कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दै कार्यक्रमलाई एकदम भव्य र सभ्य तवरले सम्पन्न गराउनको लागि मिठो साथ, समर्थन र सहयोगको लागि तमु धीं भर्जिनिया परिवारले यहॉंहरु सबै सबैमा सार्वजनिक रुपमा हार्दिक आव्हान गरेको छ । कार्यक्रम हुने स्थान, मिति र समय तपसिल बमोजिम रहेको छ ।
स्थान : GN Event Center & Banquet Hall
7217 Centreville Rd, Manassas VA
20111
मिति : डिसेम्बर ३० तारिख , शनिबार
समय : बेलुका ५.३० बजे देखि भोलि पल्ट बिहान १.३० बजे सम्म ।
बिस्तृत जानकारीको लागि सम्पर्क
नन्द कुमार गुरुङ (अध्यक्ष ) ५७१-५२४-२३४५
तिलक गुरुङ ( उपाध्यक्ष ) ५७१-५०१-५१९८
थमन गुरुङ ( सचिव ) ७०३-६२३-२१४१
बिन्ती कुमार गुरुङ ( संयोजक ) ल्होछार मूल आयोजक समिति
५७१-४२२-९२१५
प्रतिक्रिया