अमेरिकाका नेपालीहरुले यसरी मनाए क्रिसमस,मनाउने क्रम जारी

इनेप्लिज २०८० पुष १० गते ०:२७ मा प्रकाशित

अमेरिकाका बिभिन्न राज्य ,नगर तथा गाउँमा बसोबास गर्ने नेपालीहरुले इसाईहरुको महान चाड क्रिसमस पर्व बढो हर्सोउल्लास साथ मनाएका छन् । अंग्रेजी बर्ष २०२३ सालको क्रिसमसलाई बिदाई गर्दै अब अंग्रेजी नयाँ बर्ष मनाउन तातेका छन् ।

बिश्वब्यापी रुपमा जताततै यो क्रिसमस दिवस मनाउने परम्परा झाङ्गिदै गइ रहेको छ भने बिश्वब्यापी रुपमा नेपालीहरुको बसाई सराई संगै इसाई पर्व अत्यन्तै धुमधाम मनाउन थालिएको छ ।

यसै क्रममा अमेरिकामा ५० वटै राज्यहरुमा बसोबस गर्ने नेपालीहरुले आफ्ना सन्तानसंगै पहिलो पुस्ताले पनि उल्लासमय रुपमा मनाएका छन् । सामाजिक संजालका पर्खाल र भित्ता क्रिसमस मनाईएका र मनाउदै गरेका अनगिन्ती तस्बिरहरु प्रकाशित भएका छन् ।

त्यति मात्र नभई रातो रंग विशेषका पोशाक सहित बिभिन्न प्रकारका उनीका टोपी सहित सेन्टा क्लज समेत बनेर आफ्ना तस्बिरहरु सामाजिक संजालमा राखेका छन् । अधिकांश नेपाली समुदायहरुले सामाजिक संजालमा क्रिसमस हर्सोउल्लास मनाई रहेका तस्बिरहरु हाल्ने क्रम अझै जारी राखेका छन् ।

अमेरिकामा एक राज्य देखि अन्य केही राज्यहरुमा १ देखि ३ घण्टा सम्मको समय फरक हुनाले क्रिसमस मनाउने क्रम जारी रहेको छ । अमेरिकामा क्रिसमस सोमबार परेको छ भने पूर्वसन्ध्या देखि नै क्रिसमस बेजोड रुपले मनाएका छन् । अमेरिकामा अचेल ३ पुस्ताहरु जताततै देखिने हुनाले खुसी साथ मनाई रहेका छन् ।

विश्वभरका इशाई धर्मावलम्बीहरूले डिसेम्बर २५ सोमबारका दिन ‘क्रिसमस दिवस ’ पर्व मनाईरहेका छन । अमेरिकामा थुप्रै नेपालीहरुले इशाई धर्म परिवर्तन गरेकोले अझ राम्रो सँग मनाउने गर्छन ।

अमेरिकामा बिभिन्न इशाई मन्दिरहरुमा पादरी समेत नेपाली मूलका रहेका छन् भने केही राज्यहरुमा इशाई गिर्जाघर नै आफैले समेत संचालनमा ल्याएका छन् ।

अङ्ग्रेजी पात्रो अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार इशाई धर्मालम्बीले क्रिसमस मनाउने गर्छन । बिदेशीहरुले झैँ क्रिसमस मनाउने क्रममा उपहार समेत लिएर जाने चलन हुनुको साथै एक अर्काले उपहार आदान प्रदान गरेका छन् ।

दोश्रो पुस्ता अर्थात् यही जन्मिएका बालबालिकाहरुले अझ मनोरंजनपूर्ण रुपमा मनाएका छन् । दोश्रो पुस्ताले आफ्ना आमाबुवा तथा हजुरआमा तथा अतिथिहरुलाई समेत उपहार आदान प्रदान गरेका छन् भने आमाबुवाले समेत उनीहरुलाई उपहार प्रदान गर्दा दङ्ग परेका छन् ।

अमेरिकामा रहेका थुप्रै नेपालीहरुले आफ्नै नेपाली परिकारका खानेकुरा समेत अतिथिहरुलाई खुवाएका छन् । काम बिशेष तथा कार्यालयको काममा अन्य राज्यमा भएका नेपालीहरु र अमेरिकामा विभिन्न राज्यहरुमा बसोबास गर्ने नेपालीहरु छुट्टिको मौकामा आफ्ना घर आई एकै स्थलमा जम्मा भै क्रिसमस पर्व मनाएका छन् ।

नेपालमा तिहार झैँ घर भित्र र बाहिर समेत झिलीमिली बनाएका छन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ ।

अमेरिकामा सोमबार क्रिसमस दिवस परेको छ भने उक्त दिन सार्वजनिक बिदा छ । यो विश्वभरिका ईसाईहरूको सबैभन्दा ठूलो पर्व हो।

जस्तो देश उस्तै भेष भने झैँ अमेरिकाका अधिकांश नेपालीहरु हिन्दु भएता पनि यो पर्व बिश्वब्यापी मनाउने भएकोले नेपाली समुदायहरुले आफ्नै पर्व झैँ श्रद्धापूर्वक इशाई पर्व मनाउदछ्न ।

प्रतिक्रिया